• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन ★   सहकारी ठगी प्रकरण: प्राइम सहकारीका कार्यकारी अधिकृतसहित सात जना कारागार चलान ★   निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै ★   मालिंगालाई पछि पार्दै मिचेल स्टार्कले बनाए नयाँ कीर्तिमान ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा ★   जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री ★   एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ: रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि

विद्यार्थीलाई खाना पस्किन व्यस्त चिनियाँ नेता लिउ



काठमाडौँ । नेपालको भ्रमणमा रहनुभएका चिनियाँ कम्युष्टि पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले विद्यार्थीहरुलाई खाना पस्किएर खुवाउनुभएको छ । काठमाडौँ दरबार छेउको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा पुगेर उहाँले विद्यार्थीहरुलाई खाना पस्किनुभएको हो ।

उच्च तहको भेटघाटमा व्यस्त लिउ नेपाल भ्रमणको दोस्रो दिन भ्रमण टोलीका केही सदस्यसहित विद्यालय पुग्नुभएको थियो । लिउसँगै त्यहाँ पुग्नुभएकी ऊर्जामन्त्री पम्फा भुसालले ‘लन्च सेरेमोनी अफ नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्ट’ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कक्षा कोठामा दाल, भात र तरकारी पाक्दै गर्दा बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा लिउले चिनियाँ बालबालिका र नेपाली बालबालिकालाई साथी बनाउने इच्छा रहेको बताउनुभयो । लगत्तै हातमा पन्जा लगाएर पाकिरहेको दाल, भात र तरकारी पस्किनुभयो ।

ऊर्जामन्त्री भुसालले सो कार्यक्रमबारे ट्विट गर्दै काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुआत गरेको बताउनुभएको छ ।

उहाँले नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख ज्लिउ जियानचाओको नेपाल बसाइ सुखद् रहोस भनी शुभकामना दिनुभएको छ ।