२४ मंसिर २०८२, बुधबार
,
Latest
आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा हितेन्द्रको पुनर्वहाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरण: प्राइम सहकारीका कार्यकारी अधिकृतसहित सात जना कारागार चलान



अ+ अ-

पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेका प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृतसहित सात जना कारागार चलान भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा सहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सहकारीको एक अर्व ५७ करोड रुपैयाँ अपचलन गरेको आरोपमा ६५ जना प्रतिवादी किटान गरिएको छ । तिमध्ये ९ जना पक्राउ परिसकेका छन् भने ५६ जना फरार छन् । जिल्ला सहकारी वकिलको कार्यालयले प्रतिवादीलाई ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अभियोगपत्र दायर गरेको थियो ।

अदालतले सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।