२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आइफोन–१३’ सेप्टेम्बर १४ मा सार्वजनिक हुने !



अ+ अ-

एजेन्सी । एप्पलको नयाँ मोडल ‘आइफोन–१३’ यही सेप्टेम्बर १४ मा सार्वजनिक हुने भएको छ । 

एप्पलले हालै सेप्टेम्बर १४ को लागि ‘क्यालिफोर्निया स्ट्रिमिङ’ कार्यक्रमको घोषणा गरेको इनग्याजेटले जनाएको छ ।

यो कार्यक्रममा कम्पनीले कस्ता उत्पादन सार्वजनिक गर्ने भनेर कुनै जानकारी नआएपनि धेरैले ‘आइफोन–१३’ आउन सक्ने सम्भावना बढी रहेको अनुमान गरेका छन् । 

नयाँ ‘आइफोन–१३’ पुरानो ‘आइफोन–१२’को अपडेटेड संस्करण मोडल हुनेछ। यसमा सानो नोच र अल्वेज–अन डिस्प्ले हुनेछ । डिस्प्लेमा भने १२० हर्जको रिफ्रेस रेट हुने बताइएको छ ।

यस आइफोनमा क्यामरालाई थप गुणस्तरीय बनाइने भनिएको छ । यसमा अल्ट्रा–वाइड सेन्सर र स्टेबलाइजेसन फिचर हुनेछ । कम्पनीले ‘आइफोन–१३’मा अपग्रेड भएको प्रोसेसर र ठूलो ब्याट्री पनि राख्ने इनग्याजेटले जनाएको छ । 
 




भर्खरै