२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आइफोन–१३’ सेप्टेम्बर १४ मा सार्वजनिक हुने !



अ+ अ-

एजेन्सी । एप्पलको नयाँ मोडल ‘आइफोन–१३’ यही सेप्टेम्बर १४ मा सार्वजनिक हुने भएको छ । 

एप्पलले हालै सेप्टेम्बर १४ को लागि ‘क्यालिफोर्निया स्ट्रिमिङ’ कार्यक्रमको घोषणा गरेको इनग्याजेटले जनाएको छ ।

यो कार्यक्रममा कम्पनीले कस्ता उत्पादन सार्वजनिक गर्ने भनेर कुनै जानकारी नआएपनि धेरैले ‘आइफोन–१३’ आउन सक्ने सम्भावना बढी रहेको अनुमान गरेका छन् । 

नयाँ ‘आइफोन–१३’ पुरानो ‘आइफोन–१२’को अपडेटेड संस्करण मोडल हुनेछ। यसमा सानो नोच र अल्वेज–अन डिस्प्ले हुनेछ । डिस्प्लेमा भने १२० हर्जको रिफ्रेस रेट हुने बताइएको छ ।

यस आइफोनमा क्यामरालाई थप गुणस्तरीय बनाइने भनिएको छ । यसमा अल्ट्रा–वाइड सेन्सर र स्टेबलाइजेसन फिचर हुनेछ । कम्पनीले ‘आइफोन–१३’मा अपग्रेड भएको प्रोसेसर र ठूलो ब्याट्री पनि राख्ने इनग्याजेटले जनाएको छ ।