६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो ।

सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए ।