२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा



अ+ अ-

दोलखा । नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् ।

एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिका सदस्य कुलबहादुर विक, शैलुङ गाउँपालिका–६ फस्कुका वडा सदस्य भुवनसिहं थापा र भीमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य दीपक धनुके रहेका छन् ।

एकीकृत समाजवादी दर्ता भए पनि दोलखामा पार्टी विभाजनले खासै असर देखिएको छैन । एक सङ्घीय निर्वाचन क्षेत्र, दुई प्रदेशसभा, सात गाउँपालिका, दुई नगरपालिका र ७४ वडामा एमालेबाट निर्वाचित बनेका जम्मा सात जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।