१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ अभिनेता विक्रमलाई हृदयघात



अ+ अ-

एजेन्सी । साउथ (तमिल) अभिनेता विक्रमलाई हृदयघात भएपछि चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको छ ।

उनको निजी अस्पतालमा उपचार भईरहेको र डाक्टरहरुले हेरचाह गरिरहेको उनका प्रवक्ताले जनाएका छन् । उच्च ज्वरो र असहजताको गुनासो भएपछि उनलाई अस्पताल लगिएको थियो ।

योसँगै फ्यानदेखि लिएर सेलिब्रेटीसम्म यो खबरले स्तब्ध भएका छन् र उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

विक्रमको अवस्था अहिले स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । रिपोर्टका अनुसार, विक्रम जुलाई शुक्रबार साँझ ६ बजे आफ्नो आगामी फिल्म ‘पोनियिन सेल्भान पार्ट १’ को टिजर लञ्च कार्यक्रममा सहभागी हुने थिए । तर त्यसअघि नै उनलाई हृदयघात भयो ।

विक्रमको जन्म १७ अप्रिल १९६६ मा चेन्नईमा भएको थियो । उनले सन् १९९० मा पहिलो पटक अभिनयको दुनियाँमा प्रवेश गरे । त्यसपछि सन् १९९९ मा आएको फिल्म ‘सेतु’ ले उनको करियर बदल्यो । उनले ‘आई’, ‘इरु मुगन’, ‘सामी’ जस्ता धेरै फिल्ममा काम गरेका छन् ।