२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेका पाँच जना प्रतिवादी पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

सप्तरी । ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका–६ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ३३ वर्षीय धनबीर साह, धनबीर साहकी श्रीमती ३२ वर्षीया सरिता देवी साह, राजविराज नगरपालिका–८ बस्ने ५५ वर्षीया अमरिका देवी साह, सोही ठाउँ बस्ने २५ वर्षीया रन्जु साह र २२ वर्षीया अर्चना कुमारी साह रहेका छन् ।

बलान बिहुल गाउँपालिका–५ घर भई हाल राजविराज नगरपालिका-८ बस्ने ४० वर्षीय विजय कुमार यादव, उनकी श्रीमती तथा छोरी समेतलाई धनबीर साह समेतका व्यक्तिहरूले असार १४ गते बिहान घरेलु हातहतियार प्रयोग गरी टाउको लगायत शरीरको सम्बेदनशील अंगहरुमा प्रहार गरी घाइते बनाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर ज्यान मार्ने उद्योग शीर्षकमा जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।