• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री

नेपाली चलचित्र ‘दोख’ आजबाट देशभर प्रदर्शनमा (भिडियोसहित)



काठमाडौं । नेपाली चलचित्र दोख आजबाट प्रदर्शनमा आएको छ । आज (शुक्रवार) बाट चलचित्र देशभरका सिनेमा हलबाट प्रदर्शन भएको हो । अनुप बरालद्वारा निर्देशित चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङको मुख्य अभिनय छ ।

चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ । फिल्म प्रदर्शनीपछि सिने सञ्चारकर्मीहरुसँग करा गर्दै नायिका मास्केले पात्रसँग जोडिएको यथार्थपरक कथावस्तुले दर्शकलाई यथार्थताको चित्रण गर्ने बताइन् । उनले फिल्म दोख आफूलाई राम्रो लागेको र करिव ७ वर्षअघिका कुराहरुलाई पुनः दृश्यमा देख्दा फिल्ममा काम गर्दाका अनुभव पनः स्मरण भएको बताइन् ।

त्यस्तै नायक मनिष निरौलाले फिल्म छायांकन गरेको लामो समयपछि हेर्दा सुटिङ बेलाका असहज अनुभवको स्मरण भएको बताए । अन्तिमको सिनले भावुक बनाएको बताए । त्यस्तै फिल्मका निर्देशक अनुप बरालले मान्छेको मनलाई जोडेर इतिहासलाई देखाउने प्रयास गरेको बताए । उनले इतिहास जस्तो फिल्म भएपनि यस्ता चलचित्रले भावि पुस्तालाई विगतको कुरा सम्झाइरहने बताए ।

एकल प्रदर्शनमा आएको ‘दोख’ले सिंगल थिएटर पर्याप्त पाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शोज हात पारेको छ । एक स्क्रिप्ट प्रतियोगितामा पहिलो भएको राजन कठेतद्वारा लिखित कथामा चलचित्र बनेको हो । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन् ।

सन्तोष पाठक, धर्म अधिकारी, प्रविण पाठक, सुमिता आचार्य, दीपक खनाल र युबराज भट्टराई एसोसियट निर्माता रहेको चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ ।