९ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्र ‘दोख’ आजबाट देशभर प्रदर्शनमा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र दोख आजबाट प्रदर्शनमा आएको छ । आज (शुक्रवार) बाट चलचित्र देशभरका सिनेमा हलबाट प्रदर्शन भएको हो । अनुप बरालद्वारा निर्देशित चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङको मुख्य अभिनय छ ।

चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ । फिल्म प्रदर्शनीपछि सिने सञ्चारकर्मीहरुसँग करा गर्दै नायिका मास्केले पात्रसँग जोडिएको यथार्थपरक कथावस्तुले दर्शकलाई यथार्थताको चित्रण गर्ने बताइन् । उनले फिल्म दोख आफूलाई राम्रो लागेको र करिव ७ वर्षअघिका कुराहरुलाई पुनः दृश्यमा देख्दा फिल्ममा काम गर्दाका अनुभव पनः स्मरण भएको बताइन् ।

त्यस्तै नायक मनिष निरौलाले फिल्म छायांकन गरेको लामो समयपछि हेर्दा सुटिङ बेलाका असहज अनुभवको स्मरण भएको बताए । अन्तिमको सिनले भावुक बनाएको बताए । त्यस्तै फिल्मका निर्देशक अनुप बरालले मान्छेको मनलाई जोडेर इतिहासलाई देखाउने प्रयास गरेको बताए । उनले इतिहास जस्तो फिल्म भएपनि यस्ता चलचित्रले भावि पुस्तालाई विगतको कुरा सम्झाइरहने बताए ।

एकल प्रदर्शनमा आएको ‘दोख’ले सिंगल थिएटर पर्याप्त पाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शोज हात पारेको छ । एक स्क्रिप्ट प्रतियोगितामा पहिलो भएको राजन कठेतद्वारा लिखित कथामा चलचित्र बनेको हो । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा हुन् ।

सन्तोष पाठक, धर्म अधिकारी, प्रविण पाठक, सुमिता आचार्य, दीपक खनाल र युबराज भट्टराई एसोसियट निर्माता रहेको चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन, संगम पुष्पाको ब्याकग्राउन्ड स्कोर, अष्ट महर्जनको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ ।