२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोराही उपमहानगरपालिका पूर्णखोप सुनिश्चित



अ+ अ-

देउखुरी । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको उपस्थितिमा उपमहानगर प्रमुख नरुलाल चौधरीले आज यहाँ आयोजित कार्यक्रममा उक्त उपमहानगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।

प्रमुख अतिथि शर्माले सरकारको राष्ट्रिय नीतिअनुसार शिशुलाई गर्भमा हुँदा र जन्मेपछि पनि हरेक खोपको पूर्ण सुनिश्चित गर्दै स्वस्थ नागरिक बनाउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्णखोप कार्यक्रम सफल बनाउनु भनेको देशलाई नै स्वस्थ बनाउने काम भएको उहाँको भनाइ थियो । स्थानीय सरकारले वडा–वडाका स्वास्थ्य संस्थामार्फत प्रदान गरेको स्वास्थ्य सचेतनाका कारण जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नसक्ने गरी अभियान अघि बढेको हुँदा यो समग्र जिल्लावासीको गौरवको विषय भएको समिति प्रमुख शर्माले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले नागरिकमा स्वास्थ्य सचेतना बढ्दै गएकाले स्वास्थ्यका सूचकमा सुधार हुँदै गएको बताउनुभयो । खासगरी कोरोना महामारीपछि आमनागरिकमा स्वास्थ्यप्रति चासो बढेको पाइएकाले यस प्रकारका अभियान सफल बनाउन सहज भएको उहाँको भनाइ थियो । कार्यक्रममा उपप्रमुख हुमा डिसी, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीलगायतले स्वास्थ्यका विविध विषयमा चर्चा गर्नुभएको थियो । उपमहानगरप्रमुख चौधरीले पालिकाका १९ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित गरिएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

जिल्ला समन्वय समिति प्रमुख शर्माले उपमहानगरप्रमुख चौधरीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुभयो । जिल्लाका दश पालिकामध्ये नौ पालिकामा पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् भने बबई गाउँपालिका घोषणाको तयारीमा रहेको छ । दाङ जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएको छ ।