५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोराही उपमहानगरपालिका पूर्णखोप सुनिश्चित



अ+ अ-

देउखुरी । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको उपस्थितिमा उपमहानगर प्रमुख नरुलाल चौधरीले आज यहाँ आयोजित कार्यक्रममा उक्त उपमहानगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।

प्रमुख अतिथि शर्माले सरकारको राष्ट्रिय नीतिअनुसार शिशुलाई गर्भमा हुँदा र जन्मेपछि पनि हरेक खोपको पूर्ण सुनिश्चित गर्दै स्वस्थ नागरिक बनाउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्णखोप कार्यक्रम सफल बनाउनु भनेको देशलाई नै स्वस्थ बनाउने काम भएको उहाँको भनाइ थियो । स्थानीय सरकारले वडा–वडाका स्वास्थ्य संस्थामार्फत प्रदान गरेको स्वास्थ्य सचेतनाका कारण जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नसक्ने गरी अभियान अघि बढेको हुँदा यो समग्र जिल्लावासीको गौरवको विषय भएको समिति प्रमुख शर्माले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले नागरिकमा स्वास्थ्य सचेतना बढ्दै गएकाले स्वास्थ्यका सूचकमा सुधार हुँदै गएको बताउनुभयो । खासगरी कोरोना महामारीपछि आमनागरिकमा स्वास्थ्यप्रति चासो बढेको पाइएकाले यस प्रकारका अभियान सफल बनाउन सहज भएको उहाँको भनाइ थियो । कार्यक्रममा उपप्रमुख हुमा डिसी, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीलगायतले स्वास्थ्यका विविध विषयमा चर्चा गर्नुभएको थियो । उपमहानगरप्रमुख चौधरीले पालिकाका १९ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित गरिएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

जिल्ला समन्वय समिति प्रमुख शर्माले उपमहानगरप्रमुख चौधरीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुभयो । जिल्लाका दश पालिकामध्ये नौ पालिकामा पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् भने बबई गाउँपालिका घोषणाको तयारीमा रहेको छ । दाङ जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएको छ ।




भर्खरै