२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालतबाट रु २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६ गतेको फैसलाअनुसार सात दिन कैद सजाय र रु २० लाख जरिवाना ठहर भएका उदयपुर त्रियुगा नगरपालिका घर भई हाल काठमाडौँको टोखामा बस्ने ६० वर्षीय केदार गिरीलाई आज सानेपाबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका गिरीले आफ्नो प्रभु बैंक लिमिटेडको खातामा पर्याप्त मोज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर पैसा नभएको चेक दिएर बैंकिङ कसुर गरेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका गिरीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।