५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालतबाट रु २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६ गतेको फैसलाअनुसार सात दिन कैद सजाय र रु २० लाख जरिवाना ठहर भएका उदयपुर त्रियुगा नगरपालिका घर भई हाल काठमाडौँको टोखामा बस्ने ६० वर्षीय केदार गिरीलाई आज सानेपाबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका गिरीले आफ्नो प्रभु बैंक लिमिटेडको खातामा पर्याप्त मोज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर पैसा नभएको चेक दिएर बैंकिङ कसुर गरेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका गिरीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।




भर्खरै