• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित

संसद् शून्य समय: कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग



काठमाडौँ । कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गर्नुभयो । “कर्णालीका बालबालिकाले अझै पूर्णरूपमा पाठ्यपुस्तक पाउन सकेका छैनन्” उहाँले भन्नुभयो, “त्यसैले तत्काल पाठ्यपुस्तक उपलब्ध गराइयोस् भनी माग गर्दछु ।”

यस्तै उहाँले सुर्खेत नगरपालिकाका १६ वटै वडामा पक्की सडक बन्न नसकेको, पटक–पटक बिजुली जाने समस्या रहेको भन्दै यी विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गुरुङले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मोहम्मद खालिनले किसानलाई दू्रतमार्गमार्फत मलको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । सांसद उदयबहादुर बोहराले गए राति करिब साँझ ८ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का स्थानीय व्यापारी विद्याभूषण डाँगीको घरमा बिजुली सर्ट भई घर र पसलमा क्षति भएकाले निजलाई क्षतिपूर्तिको माग गर्नुभयो ।