• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन ★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग

जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रहरुलाई सुरक्षित गर्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव कम गर्न सरोकारवाला सचेत हुनुपर्ने बताउनुभएको छ । साथसाथै नामक संस्थाले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रहरुलाई कसरी सुरक्षित गर्ने भन्ने बिषयमा आवश्यक रणनीति बनाउनुपर्ने बताउनुभयो ।

जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पुग्नसक्ने भएकोले त्यसतर्फ सचेत हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्र पुनरुस्थानको क्रममा रहेको बताउनुभयो । महामारीको असर कम हुँदै जाँदा पर्यटन आगमन सामान्य हुँदै गएको र पर्यटन गतिविधि पुनरागमनको अपेक्षा गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय न्यायका लागि बनेका ऐन र कानुनको प्रभावकारी कार्यन्वयनमा जोड दिनुभएको थियो । सो अवसरमा जलवायु परिवर्तनले महिलाको जनजीवन र पर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन ६० जना महिलाले डोल्पाको शे(फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने जानकारी दिइएको थियो ।