• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित



photo:CAN

काठमाडौँ । नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ ।

क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाले नेपाललाई जितका लागि १८९ रनको लक्ष्य दिएको थियो । नेपाल ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो ।

नेपालका लागि देव खनालले सर्वाधिक २६ रनको योगदान दिए भने पवन सर्राफले १४ रन जोडे । यसैगरी विनोद भण्डारी, बसिर अहमेद र आदील आलमले समान १३ रन जोडे । कप्तान सन्दीप लामिछानेले ११, रोहित पौडेलले ६, करण केसीले ५ तथा कुशल भुर्तेलले १ रन जाडे भने दपेन्द्रसिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पभेलियन फर्किए ।

बलिङतर्फ क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय पारी खेले भने आरोन जोनसनले ४४ तथा अमर खालीदले अविजित ३० रन बनाए । यसैगरी उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, किशोर महतो, करण केसी र आदील आलमले समान १÷१ विकेट लिए ।

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा गएको हो । क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो । आइसिसी विश्वकप लिग दुईअन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । अब नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले स्कटल्याण्डमा लिग दुईअन्तर्गत आयोजक स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ ।