२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित



photo:CAN
अ+ अ-

काठमाडौँ । नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ ।

क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाले नेपाललाई जितका लागि १८९ रनको लक्ष्य दिएको थियो । नेपाल ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो ।

नेपालका लागि देव खनालले सर्वाधिक २६ रनको योगदान दिए भने पवन सर्राफले १४ रन जोडे । यसैगरी विनोद भण्डारी, बसिर अहमेद र आदील आलमले समान १३ रन जोडे । कप्तान सन्दीप लामिछानेले ११, रोहित पौडेलले ६, करण केसीले ५ तथा कुशल भुर्तेलले १ रन जाडे भने दपेन्द्रसिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पभेलियन फर्किए ।

बलिङतर्फ क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय पारी खेले भने आरोन जोनसनले ४४ तथा अमर खालीदले अविजित ३० रन बनाए । यसैगरी उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, किशोर महतो, करण केसी र आदील आलमले समान १÷१ विकेट लिए ।

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा गएको हो । क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो । आइसिसी विश्वकप लिग दुईअन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । अब नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले स्कटल्याण्डमा लिग दुईअन्तर्गत आयोजक स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ ।




भर्खरै