७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १३.३३ अंकले वृद्धि



अ+ अ-

बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।  मंगलवार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधवार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएका २२८ कम्पनीको ६२ लाख ६३ हजार कित्ता शेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बुधवार नेप्से १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता, बैंक, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने घटेको छ ।

नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएसँगै दुई कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो । तेह्रथुम पावर कम्पनी र सिभिल बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । तर यता, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.६८ प्रतिशत घटेको छ । बुधवारको कारोबारमा गोर्खाज फाइनान्सले ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेको छ ।