• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   समृद्ध नेपाल निर्माण गर्ने महाअभियान शुरु भएको छ: मन्त्री शर्मा ★   नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने ★   आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै ★   मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   बाल अनुदान बढाउन मन्त्री चौधरीको जोड ★   सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ: प्रधानमन्त्री

रेनुका चोटग्रस्त हुनु महिला टोलीका लागि ठूलो धक्का होः बालगोपाल महर्जन



काठमाडौं । चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । यद्यपि नेपालले सहभागिता जनाउने २३ खेल मध्येको महिला फुटबल टोलीले दशरथ रंगशालामा अभ्यास गरिरहेको छ । बलिया राष्ट्रहरुसँग राम्रो नतिजा निकाल्ने लक्ष्यसहित महिला टोली अभ्यासमा तल्लिन रहेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कमै मात्र आयोजना हुने महिला फुटबलले चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको छ । मिति तय भइसकेको प्रतियोगिता कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भएपनि पदकको आशामा तयारीलाई निरन्तरता दिएको हो । विगतका संस्करणमा सहभागितामा सिमित हुँदै आएको नेपाल पदकमुखी हुँदै तयारी गर्न थालेको हो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहभागिता जनाउने सबै खेललाई तयारी थाल्न निर्देशन अनुसार महिला फुटबलले दशरथ रंगशालामा तयारीलाई तीब्रता दिइरहेको हो । पहिलोपटक महिला टोली सम्हालेका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले महिला टोलीलाई दैनिक २ घण्टा अभ्यास गराइरहनुभएको छ । तीन साताको अभ्यासमा टेक्निकल र फिटनेस लेभलमा धेरै सुधार आएको र महिला टोलीलाई एक्स्पोजरको खाँचो रहेको बताउनुभयो ।

यो बीचमा महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने निश्चित पनि भइसकेको छ । अभ्यासको क्रममा नेपाली टोलीकी भरपर्दो खेलाडी तथा अघिल्लो खेलमा कप्तानको भुमिका निर्वाह गर्नुभएकी रेनुका नगरकोटी चोटग्रस्त हुँदै उपचारमा हुनुहुन्छ । रेनुकाको घाँटीमुनिको बायाँ हड्डी फ्याक्चर भएको छ । यसअघि स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । टोलीलाई गोल गर्ने खेलाडीको निकै कमी महशुस भएको थियो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए ।

रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ भने एशियाली खेलकुद अझै अनिश्चित छ । नेपाली महिला टोली विगतको नतिजमा सुधार ल्याउने लक्ष्यका साथ कडा मिहेनत गरिहेको हो । साथै टोली धेरै भन्दा धेरै प्रतियोगितामा अनुभव लिएर अन्तर्राष्ट्रिय सहभागितामा पदक ल्याउने योजनामा छ । त्यसका लागि सम्बन्धित निकायले पहल गर्न उत्तिकै आवश्यक छ ।