७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेनुका चोटग्रस्त हुनु महिला टोलीका लागि ठूलो धक्का होः बालगोपाल महर्जन



अ+ अ-

काठमाडौं । चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । यद्यपि नेपालले सहभागिता जनाउने २३ खेल मध्येको महिला फुटबल टोलीले दशरथ रंगशालामा अभ्यास गरिरहेको छ । बलिया राष्ट्रहरुसँग राम्रो नतिजा निकाल्ने लक्ष्यसहित महिला टोली अभ्यासमा तल्लिन रहेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कमै मात्र आयोजना हुने महिला फुटबलले चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको छ । मिति तय भइसकेको प्रतियोगिता कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भएपनि पदकको आशामा तयारीलाई निरन्तरता दिएको हो । विगतका संस्करणमा सहभागितामा सिमित हुँदै आएको नेपाल पदकमुखी हुँदै तयारी गर्न थालेको हो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहभागिता जनाउने सबै खेललाई तयारी थाल्न निर्देशन अनुसार महिला फुटबलले दशरथ रंगशालामा तयारीलाई तीब्रता दिइरहेको हो । पहिलोपटक महिला टोली सम्हालेका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले महिला टोलीलाई दैनिक २ घण्टा अभ्यास गराइरहनुभएको छ । तीन साताको अभ्यासमा टेक्निकल र फिटनेस लेभलमा धेरै सुधार आएको र महिला टोलीलाई एक्स्पोजरको खाँचो रहेको बताउनुभयो ।

यो बीचमा महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने निश्चित पनि भइसकेको छ । अभ्यासको क्रममा नेपाली टोलीकी भरपर्दो खेलाडी तथा अघिल्लो खेलमा कप्तानको भुमिका निर्वाह गर्नुभएकी रेनुका नगरकोटी चोटग्रस्त हुँदै उपचारमा हुनुहुन्छ । रेनुकाको घाँटीमुनिको बायाँ हड्डी फ्याक्चर भएको छ । यसअघि स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । टोलीलाई गोल गर्ने खेलाडीको निकै कमी महशुस भएको थियो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए ।

रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ भने एशियाली खेलकुद अझै अनिश्चित छ । नेपाली महिला टोली विगतको नतिजमा सुधार ल्याउने लक्ष्यका साथ कडा मिहेनत गरिहेको हो । साथै टोली धेरै भन्दा धेरै प्रतियोगितामा अनुभव लिएर अन्तर्राष्ट्रिय सहभागितामा पदक ल्याउने योजनामा छ । त्यसका लागि सम्बन्धित निकायले पहल गर्न उत्तिकै आवश्यक छ ।