• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला १ लाख ३४ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।