• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   स्वयम्भूमा शान्तिका प्रतीक परेवा (फोटो फिचर) ★   सभामुख घिमिरेले पाँच दलका शीर्ष नेतासँग आज छलफल गर्दै ★   नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा ★   मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी ★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन

अर्थमन्त्री प्रकरण: संसदीय छानबिन समिति बनाउन माओवादी तयार



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यत्तिलाई संलग्न गराएको भन्ने प्रकरणमा नेकपा (माओवादी केन्द्र) छानबिनका लागि संसदीय समिति बनाउन तयार भएको छ ।

अर्थमन्त्री शर्माले आजको संसद् बैठकमा आफ्ना कुरा राखेपछि संसदीय छानबिन समिति बनाउन माओवादी केन्द्र तयार देखिएको हो ।

यद्यपि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् बैठकमा अर्थमन्त्री शर्मालाई बहिष्कार गर्दै आएको छ । त्यसैले माओवादी केन्द्रले छानबिन समिति गठन गर्नुअघि एमाले नेताहरुसँग छलफल गर्न चाहेको छ ।

माओवादी केन्द्रको आज बिहान बसेको पूर्व स्थायी कमिटीका नेताहरुको बैठकले एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो ।

संसद्मा बजेट प्रस्तुत गर्नु अघिल्लो दिन अनधिकृत मान्छेलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको छ । साथै सो दिनको सिसिटिभी फुटेज नष्ट गरेको भन्दै अर्थमन्त्रीको चर्को आलोचना भएको छ ।

अर्थमन्त्रीलाई लिएर व्यापक आलोचना हुँदा पनि सरकार मौन बसेको भन्दै एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पनि अर्थमन्त्रीको बदमासीमा मिलेमतोमा लाग्नुभएको आरोप लगाउनुभएको थियो ।