• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष ★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड

अर्थमन्त्री प्रकरण: संसदीय छानबिन समिति बनाउन माओवादी तयार



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यत्तिलाई संलग्न गराएको भन्ने प्रकरणमा नेकपा (माओवादी केन्द्र) छानबिनका लागि संसदीय समिति बनाउन तयार भएको छ ।

अर्थमन्त्री शर्माले आजको संसद् बैठकमा आफ्ना कुरा राखेपछि संसदीय छानबिन समिति बनाउन माओवादी केन्द्र तयार देखिएको हो ।

यद्यपि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् बैठकमा अर्थमन्त्री शर्मालाई बहिष्कार गर्दै आएको छ । त्यसैले माओवादी केन्द्रले छानबिन समिति गठन गर्नुअघि एमाले नेताहरुसँग छलफल गर्न चाहेको छ ।

माओवादी केन्द्रको आज बिहान बसेको पूर्व स्थायी कमिटीका नेताहरुको बैठकले एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो ।

संसद्मा बजेट प्रस्तुत गर्नु अघिल्लो दिन अनधिकृत मान्छेलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको छ । साथै सो दिनको सिसिटिभी फुटेज नष्ट गरेको भन्दै अर्थमन्त्रीको चर्को आलोचना भएको छ ।

अर्थमन्त्रीलाई लिएर व्यापक आलोचना हुँदा पनि सरकार मौन बसेको भन्दै एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पनि अर्थमन्त्रीको बदमासीमा मिलेमतोमा लाग्नुभएको आरोप लगाउनुभएको थियो ।