२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री प्रकरण: संसदीय छानबिन समिति बनाउन माओवादी तयार



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यत्तिलाई संलग्न गराएको भन्ने प्रकरणमा नेकपा (माओवादी केन्द्र) छानबिनका लागि संसदीय समिति बनाउन तयार भएको छ ।

अर्थमन्त्री शर्माले आजको संसद् बैठकमा आफ्ना कुरा राखेपछि संसदीय छानबिन समिति बनाउन माओवादी केन्द्र तयार देखिएको हो ।

यद्यपि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् बैठकमा अर्थमन्त्री शर्मालाई बहिष्कार गर्दै आएको छ । त्यसैले माओवादी केन्द्रले छानबिन समिति गठन गर्नुअघि एमाले नेताहरुसँग छलफल गर्न चाहेको छ ।

माओवादी केन्द्रको आज बिहान बसेको पूर्व स्थायी कमिटीका नेताहरुको बैठकले एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो ।

संसद्मा बजेट प्रस्तुत गर्नु अघिल्लो दिन अनधिकृत मान्छेलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको छ । साथै सो दिनको सिसिटिभी फुटेज नष्ट गरेको भन्दै अर्थमन्त्रीको चर्को आलोचना भएको छ ।

अर्थमन्त्रीलाई लिएर व्यापक आलोचना हुँदा पनि सरकार मौन बसेको भन्दै एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पनि अर्थमन्त्रीको बदमासीमा मिलेमतोमा लाग्नुभएको आरोप लगाउनुभएको थियो ।




भर्खरै