काठमाडौं । परेवा घरपालुवा पन्छी हो । यसलाई शान्तिको प्रतीक मानिन्छ । नेपालको पहाडदेखि तराईका जिल्लामा परेवा पाइन्छ ।
काठमाडौं उपत्यकाका अधिकांश मठमन्दिरमा परेवाको वास हुन्छ ।
मानिसहरु परेवालाई चारो खुवाउँछन् । काठमाडौंको स्वयम्भूनाथ नजिक रहेका परेवा ।