८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोशी टप्पुका दुई हात्ती गर्भिणी

कोशी टप्पुका दुई हात्ती गर्भिणी
अ+ अ-

काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन् ।

वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन् । वन्यजन्तु आरक्षणमा रहेका ८ हात्तीमध्ये ७ वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन् । आरक्षणमा रहेका सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी भएका हुन् । निकुञ्जको जंगलमा रहेको पुरानो जंगली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले बताउनु भयो । उहाँले उक्त आरक्षणमा साढे २ वर्षदेखि ७० वर्षका हात्ती रहेको बताउनु भयो । दुई हात्तीले ३ महिनापछि बच्चा पाउन लागेको हो ।

केही महिनाअघि कोशीटप्पु वन्यजन्तु आरक्षणमा भएको भाले हात्ती माकुनाको करेन्ट लागेर मृत्यु भएका कारण आरक्षणले हात्तीको सन्तान वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्ज वा जंगली हात्तीको भर गर्नुपर्ने अवस्था रहेको वन्यजन्तु आरक्षण प्रमुख रामचन्द्र खतिवडाले बताउनु भयो । उहाँले अहिले जंगली हात्ती आउने र वन्यजन्तु आरक्षणमा नै भाले हात्ती भएकाले हात्ती गर्भिणी भएर सन्तान ब्रिडिङ गर्ने आरक्षणमा नै भएको बताउनु भयो । प्रमुख खतिवडाले आरक्षणमा हात्तीको संख्या बढ्दै गएपनि माहुतेको दरबन्दी नभएको बताउनु भयो । उहाँले सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षणलाई हात्तीको ब्रिडिङ सेन्टरको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । प्रमुख खतिवडाले प्रदेश एकमा जंगली हात्तीको आक्रमणलाई रोक्नको लागि स्रोत साधनको कमी रहेको गुनासो गर्नुभयो । उहाँले जंगली हात्तीले प्रदेश एकमा ठूलो समस्या सिर्जना गरेपनि त्यसलाई रोक्न प्रदेश र संघीय सरकारको ठोस योजना नबनाएको बताउनु भयो ।

आरक्षणमा ८ वटा हात्तीको रेखदेख गर्न २४ जना माहुते छन् । आरक्षणमा ७० वर्षकी अम्विकाकली जेठी हात्ती भएपनि उसले हालसम्म कुनै बच्चा जन्माएकी छैन । आरक्षणमा अम्विकाकली, सरस्वतीकली, शोभाकली, दमदमीकली, लक्ष्मीकली, कुसाकली, र उत्तरिगञ्ज नाम गरेको भाले बच्चा हात्ती छन् । हात्तीले २४ महिनामा बच्चा ब्रिडिङ गर्ने गर्दछ ।