७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण: कृषि मन्त्रीअधिकारी



अ+ अ-

कीर्तिपुर (काठमाडौँ): कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ ।

डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा स्थापित परम्परागत फलफूलजन्य उत्पादन उद्योग ‘डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रिट्स’को यहाँ उद्घाटन गर्दै उहाँले गरिबी निवारण र महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले महिला नेतृत्व भएका सहकारी संस्थामा तुलनात्मक रुपमा कम समस्या देखिएको समेत उल्लेख गर्नुभयो । स्थानीय स्तरमा सञ्चालित सहकारीले महिलालाई आत्मनिर्भर बनाउँदै श्रीमानको भरपर्नुपर्ने अवस्था कम भएको आफूले पाएको उहाँको भनाइ थियो ।रासस