२८ पुष २०८१, आईतवार
,
Latest
सदन छलेर अध्यादेश ल्याएकामा नागरिक समाजको गम्भीर आपत्ती दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण: कृषि मन्त्रीअधिकारी विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश निजामति विधेयकमा वर्गीय आधारमा समानुपातिक आरक्षणको व्यवस्था गर्नुपर्छः संवैधानिक आयोगहरु आगामी चैतमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी चैतमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने



अ+ अ-

काठमाडौँ । आगामी चैतको दोस्रो सातामा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने भएको छ ।

नेपाल क्लाइम्बिङ खेल संघको आयोजनामा चैत ८ र ९ गते काठमाठौंमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुन लागेको हो । संघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दियो । कृतिम तथा प्राकृतिक उचाइ भएको स्थान (वाल र चट्टानले बनेका अग्लो स्थान)मा खेलिने साहसिक प्रतिष्पर्धा नै स्पोट्र्स क्लाइम्बिङ खेल हो ।

दुई दिनसम्म हुने प्रतियोगितामा लिड र बोल्डर विधामा खेलाने भएको छ । राष्ट्रियस्तरको खुला प्रतियोगितामा १४ वर्षदेखि माथि उमेरका खेलाडीले मात्र प्रतिष्पर्धा गर्न पाउनेछन् । स्पोट्र्स क्लाइम्बिङ्ग र साहसिक खेलकुदसँगै खेल पर्यटन विकास र प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिता गर्न लागेको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्लाइम्बिङ्ग खेलकुद महासंघ (आइएफएससी)को मापदन्डअनुरूप खेल हुने भएको छ । खेलको जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागी खेलाडी तथा खेल प्राविधिकको बीमा गरिएको छ ।

खेलका प्रतिष्पर्धा बिहान ८ बजेदेखि शुरु हुनेछ । पुरुष तथा महिलातर्फ छनोटचरण खेल हुनेछ । छनोटबाट महिला र पुरुषमा समान ८ जनाले फाइनल राउण्डको यात्रा तय गर्ने भएका छन् । फाइनलमा प्राप्त अंकको आधारको वरीयता निर्धारण गरिने संघले जनाएको छ ।

विजेताले नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गर्ने संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए । संघका अध्यक्ष पौडेलले नगद पुरस्कारबारे अहिलेसम्म टुंगो नलागेको र केही दिन पुरस्कार रकमबारे जानकारी दिने उल्लेख गरेका छन् ।