• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

कोशी टप्पुका दुई हात्ती गर्भिणी



काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन् ।

वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन् । वन्यजन्तु आरक्षणमा रहेका ८ हात्तीमध्ये ७ वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन् । आरक्षणमा रहेका सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी भएका हुन् । निकुञ्जको जंगलमा रहेको पुरानो जंगली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले बताउनु भयो । उहाँले उक्त आरक्षणमा साढे २ वर्षदेखि ७० वर्षका हात्ती रहेको बताउनु भयो । दुई हात्तीले ३ महिनापछि बच्चा पाउन लागेको हो ।

केही महिनाअघि कोशीटप्पु वन्यजन्तु आरक्षणमा भएको भाले हात्ती माकुनाको करेन्ट लागेर मृत्यु भएका कारण आरक्षणले हात्तीको सन्तान वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्ज वा जंगली हात्तीको भर गर्नुपर्ने अवस्था रहेको वन्यजन्तु आरक्षण प्रमुख रामचन्द्र खतिवडाले बताउनु भयो । उहाँले अहिले जंगली हात्ती आउने र वन्यजन्तु आरक्षणमा नै भाले हात्ती भएकाले हात्ती गर्भिणी भएर सन्तान ब्रिडिङ गर्ने आरक्षणमा नै भएको बताउनु भयो । प्रमुख खतिवडाले आरक्षणमा हात्तीको संख्या बढ्दै गएपनि माहुतेको दरबन्दी नभएको बताउनु भयो । उहाँले सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षणलाई हात्तीको ब्रिडिङ सेन्टरको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । प्रमुख खतिवडाले प्रदेश एकमा जंगली हात्तीको आक्रमणलाई रोक्नको लागि स्रोत साधनको कमी रहेको गुनासो गर्नुभयो । उहाँले जंगली हात्तीले प्रदेश एकमा ठूलो समस्या सिर्जना गरेपनि त्यसलाई रोक्न प्रदेश र संघीय सरकारको ठोस योजना नबनाएको बताउनु भयो ।

आरक्षणमा ८ वटा हात्तीको रेखदेख गर्न २४ जना माहुते छन् । आरक्षणमा ७० वर्षकी अम्विकाकली जेठी हात्ती भएपनि उसले हालसम्म कुनै बच्चा जन्माएकी छैन । आरक्षणमा अम्विकाकली, सरस्वतीकली, शोभाकली, दमदमीकली, लक्ष्मीकली, कुसाकली, र उत्तरिगञ्ज नाम गरेको भाले बच्चा हात्ती छन् । हात्तीले २४ महिनामा बच्चा ब्रिडिङ गर्ने गर्दछ ।