३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन



अ+ अ-

काठमाडौँ । नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले आगामी यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन आफ्नो टोली तयार रहेको बताउनुभएको छ ।

नेपालले संयुक्त अरब इमिरेट्स(युएई)मा आगामी मंसिर १४ गतेदेखि २३ गतेसम्म एशिया कप हुँदैछ । उक्त एशिया कपका लागि मंगलवार भएको बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक गौचनले धेरै क्षमतावान युवा खेलाडी रहेकाले नेपाली युवा टोलीको छनोट गर्न नै कठिन रहेको उल्लेख गर्दै आफ्नो टोली एसिया कपमा उत्कृष्ट नतिजा दिन तयार रहेको बताउनु भयो । साथै प्रशिक्षक गौचनले भारतको कर्नाटकको टोलीसँगको मैत्रीपूर्ण खेल आफ्नो टोलीको लागि महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।

नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका कप्तान हेमन्त धामीले पनि भारतीय टोलीसँग भएको अभ्यास खेल उपयोगी रहेकाले त्यसका लागि क्यानलाई धन्यवाद दिनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै एसिसी यु–१९ एशिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का र सदस्य दिवाकर घलेलगायतले टोलीलाई बिदाइ गरेका थिए ।

राखेप सदस्यसचिव घिसिङले नेपाली क्रिकेट टोलीले लगातार प्राप्त गरेको उचाइसँगै युवा टोलीबाट पनि सबैले अपेक्षा राखेको उल्लेख गर्दै छोटो समयको तयारीमा क्यानले व्यवस्थापन गरेको क्याम्प महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले उमेरसमूहको क्रिकेटमा राखेपले पनि बजेट दिने गरेको भएपनि त्यो पर्याप्त नरहेकाले नीजि क्षेत्रको सहयोग तारिफयोग्य रहेको धारणा राख्नुभयो । सिनियर राष्ट्रिय टोली निर्माणका लागि उमेरसमूहको क्रिकेट महत्वपूर्ण रहेको राखेप सदस्यसचिव घिसिङको भनाइ थियो ।

क्यानका सचिव पारस खड्काले आगामी यु–१९ विश्वकपमा छनोट हुनका लागि एशिया कप महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नेपाली क्रिकेटको भविष्य पनि युवा टोलीसँग जोडिएकाले बिना दबाब खेल्न सुझाव दिनुभयो । पूर्वकप्तान खड्काले आफ्नो क्षमतालाई तिखारेर राम्रो प्रदर्शन गर्ने विश्वास गर्नुभयो ।

एशिया कपमा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्नेछ । क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

हेमन्तको कप्तानीमा रहेको नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल (उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार छन् ।