२८ पुष २०८१, आईतवार
,
Latest
सरकारले गर्‍यो १३ जना सचिवको सरुवा, दुईलाई कामुको जिम्मेवारी मन्त्रालयलाई कुलमानको जवाफ: नियुक्ति रद्द गर्ने भन्ने विषय विधिसम्मत छैन सदन छलेर अध्यादेश ल्याएकामा नागरिक समाजको गम्भीर आपत्ती दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण: कृषि मन्त्रीअधिकारी विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्न लागेको जनाएको हो । सम्मेलन थाइल्याण्डको बैंककमा १५—१६ मार्चमा आयोजना हुने बताइएको छ ।

सम्मेलनले नेपाली प्रवासी युवालाई सशक्त बनाइ उनीहरुलाई नेपालको समृद्धि र विकाससँग जोड्ने लक्ष्य लिएको एनआआरएनएका अध्यक्ष डा. बद्रि केसीले बताउनु भयो । उहाँले सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पु¥याउने लक्ष्य राखेको बताउनु भयो ।

अध्यक्ष केसीकाअनुसार सम्मेलनले युवा बेरोजगारी, सीप विकास र सुरक्षित आप्रवासन जस्ता समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रश्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।

त्यस्तै, १८–१९ मार्च २०२५ मा कम्बोडियामा १० औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना गर्न लागेको अध्यक्ष केसीले बताउनु भयो ।

संघले एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘संगम’ नामाकरण गरेको र सो अवसरमा समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीकोहरुको भुमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओजका माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भुमिका, सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण एवं लैंगिक समानताका बारेमा छलफल हुने बताउनु भयो ।

अध्यक्ष केसीले एशिया कन्फ्रेन्समा एशियाका ११ वटा देशहरुको सहभागिता रहने जानकारी दिनुभयो ।