१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन र मन्त्रिपरिषदको बैठक बस्दै



अ+ अ-

काठमाडौं । सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्ने भएको छ । शुक्रबार विहान ९ वजे सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्ने भएको हो । 

प्रधानमन्त्रीको सरकारी बालुवाटारमा बस्न लागेको बैठकमा मन्त्रिपरिषद विस्तार र एमसीसी लगायतका विषयमा छलफल हुनेछ । विहीबार पनि गठबन्धनका शीर्ष नेताबीच उक्त छलफल भएको थियो ।

सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे सत्ता गठबन्धनमा छलफल भइरहेको छ । 

साथै सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको थियो । आजको बैठकमा यी विषयको निकासका सन्दर्भमा छलफल हुने एक नेताले बताए ।

आजै दिउँसो मन्त्रिपरिषद बैठक पनि बस्ने भएको छ । गठबन्धनको बैठक सकिएपछि पौने १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।