७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधना लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई २६.३२ प्रतिशत लाभांश दिने भएको हो । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जनाएका छन् ।  

हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत ६ करोड ४२ लाख ४५ हजार १ सय रुपियाँ बराबरको बोनस शेयर र १.३२ प्रतिशत अर्थात ३३ लाख ८१ हजार ३ सय २१.०५ रुपियाँ बराबरको नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ। कम्पनीको हाल कायम चुक्ता पूँजी २५ करोड ६९ लाख ८० हजार ४ सय रुपियाँ छ ।