काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् ।
यस्तै राष्ट्रिय सभाको अर्को बैठक मिति २०७८ भदौ २८ गते सोमबार दिनको १ बजे बस्नेगरी स्थगित भएको छ ।