• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

१५० वर्ष बाँच्न चाहन्थे माइकल ज्याक्सन, १२ जना चिकित्सकको टोली सँगै राखेर पनि जीवित रहेनन्



एजेन्सी । संसारमा धेरै पप स्टारहरू छन् तर पपका राजा माइकल ज्याक्सन हुन् जसले आफ्नो गायन र नृत्यले सारा संसारमा फरक छाप छोडेका छन् ।

उनी एक यस्तो स्टार थिए, जसलाई संसारको हरेक कुनामा मानिसहरूले अझै पनि चिन्छन् । २५ जुन २००९ मा लस एन्जलसमा उनले यस संसारलाई बिदा गरे । उनको ५० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

उनको मृत्युको खबरले सबै स्तब्ध भएका थिए । आज हामी उनको जीवनसँग सम्बन्धित केही कुराहरू बताउन गइरहेका छौँ ।

माइकल ज्याक्सनको जन्म अगस्ट २९ मा अमेरिकाको इन्डियाना प्रान्तको सहर ग्यारीमा भएको थियो । बाल्यकाल देखि संगीतमा रुचि राख्ने माइकल १९६४ मा आफ्नो भाइको पप समूह मा सामेल भए । तर, सन् १९८२ मा उनको एल्बम ‘थ्रिलर’ रिलिज भएपछि उनी विश्वव्यापीरुपमा परिचित बने । यो एल्बम पछि उनको लोकप्रियता बढ्यो र मानिसहरु उनको शैली र गीतहरु को लागी पागल भए । यो संसारमा सबैभन्दा धेरै बिक्रि भएको एल्बम समेत हो ।

माइकल ज्याक्सनको ५० वर्षको उमेरमा मृत्यु भयो तर के तपाईलाई थाहा छ, उनी १५० वर्षसम्म बाँच्न चाहन्थे । यसका लागि उनले १२ जना चिकित्सकको टोली राखेका थिए, जो सधैँ उनीसँगै रहन्थे । यो टोलीले उनीहरुलाई नियमित चेकजाँच गर्ने गर्थे । यति मात्र होइन, उनी अक्सिजन बेडमा सुत्ने गर्थे र कसैलाई भेट्नुअघि मास्क र पन्जा लगाउन पनि बिर्सन्नथे । योग गर्न उनले १५ जनाको टोली पनि साथमा राखेका थिए ।

यो पनि भनिन्छ कि माइकल ज्याक्सनको ड्रग ओभरडोजका कारण मृत्यु भएको थियो । माइकलले आफूलाई राम्रो देखिनका लागि आफ्नो धेरै शल्यक्रिया पनि गरेका थिए, कतै ती सर्जरीलाई उनको मृत्युको कारण पनि मानिन्छ ।

 

माइकल ज्याक्सन संसारमा सबैभन्दा अवार्ड जित्ने कलाकार हुन् । उनको नाममा २३ वटा गिनिज वल्र्ड रेकर्ड छन् । त्यस्तै माइकल ज्याक्सनको व्यक्तिगत जीवनको कुरा गर्दा उनले १९९४ मा लिसा मेरी प्रिस्लेसँग विवाह गरे तर १९ महिनापछि दुवैको सम्बन्धविच्छेद भयो ।

१९९७ मा, उनले दोस्रो पटक नर्स डेबी रोवसँग विवाह गरे। यसबाट उनीहरूका दुई सन्तान थिए, प्रिन्स माइकल र पेरिस माइकल क्याथरिन । तर माइकलको यो विवाह पनि सन् १९९९ मा टुट्यो ।