• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने



काठमाडौं । नेपालको मोलिक लोक, संगीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट शुरु हुने भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ शुरु हुने जानकारी गराइएको हो । हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फम्र्याट र शैलीमा दोस्रो सिजनको तयारी शुरु हुन लागेको हो । शो साउन अन्तिमबाट हरेक मंगलवार र बुधवार राति ८ बजेबाट प्रशारण हुनेछ । शोको निर्णायकमा लोकगायक कुमार बस्ने, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योती मगर रहेका छन् । शोको सञ्चालन लोकगायक प्रकाश समुतले गर्नेछन् ।

कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै गायक रामजी खाँणले सिजन १ बाट लिएको अनुभवलाई सिजन २ मा नयाँ प्रतिभाहरुमा शेयर गर्नेछु ।

उहाँले यो सिजनमा पनि विगतझैँ राम्रो प्रतिभा खोज्ने बताउनु भयो । त्यस्तै गायिका ज्योती मगरले निर्णायकमा आफ्नो शुरुवात भएको कारण केही डर लागेको बताइन् । तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रो भन्दा राम्रो प्रतिभाहरुलाई प्रोत्साहन गर्ने बताउनु भयो ।

शोको डिजिटल अडिशन सम्पन्न भइसकेको छ भने शो विजेताले २० लाख रुपैयाँ नगद पाउनेछन् ।