९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने



अ+ अ-

काठमाडौं । नेपालको मोलिक लोक, संगीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट शुरु हुने भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ शुरु हुने जानकारी गराइएको हो । हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फम्र्याट र शैलीमा दोस्रो सिजनको तयारी शुरु हुन लागेको हो । शो साउन अन्तिमबाट हरेक मंगलवार र बुधवार राति ८ बजेबाट प्रशारण हुनेछ । शोको निर्णायकमा लोकगायक कुमार बस्ने, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योती मगर रहेका छन् । शोको सञ्चालन लोकगायक प्रकाश समुतले गर्नेछन् ।

कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै गायक रामजी खाँणले सिजन १ बाट लिएको अनुभवलाई सिजन २ मा नयाँ प्रतिभाहरुमा शेयर गर्नेछु ।

उहाँले यो सिजनमा पनि विगतझैँ राम्रो प्रतिभा खोज्ने बताउनु भयो । त्यस्तै गायिका ज्योती मगरले निर्णायकमा आफ्नो शुरुवात भएको कारण केही डर लागेको बताइन् । तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रो भन्दा राम्रो प्रतिभाहरुलाई प्रोत्साहन गर्ने बताउनु भयो ।

शोको डिजिटल अडिशन सम्पन्न भइसकेको छ भने शो विजेताले २० लाख रुपैयाँ नगद पाउनेछन् ।