• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ ★   देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै ★   गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा ★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान ★   गोंगबु आवास क्षेत्रमा पार्क निर्माण ★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै ★   डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने



काठमाडौं । नेपालको मोलिक लोक, संगीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट शुरु हुने भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ शुरु हुने जानकारी गराइएको हो । हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फम्र्याट र शैलीमा दोस्रो सिजनको तयारी शुरु हुन लागेको हो । शो साउन अन्तिमबाट हरेक मंगलवार र बुधवार राति ८ बजेबाट प्रशारण हुनेछ । शोको निर्णायकमा लोकगायक कुमार बस्ने, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योती मगर रहेका छन् । शोको सञ्चालन लोकगायक प्रकाश समुतले गर्नेछन् ।

कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै गायक रामजी खाँणले सिजन १ बाट लिएको अनुभवलाई सिजन २ मा नयाँ प्रतिभाहरुमा शेयर गर्नेछु ।

उहाँले यो सिजनमा पनि विगतझैँ राम्रो प्रतिभा खोज्ने बताउनु भयो । त्यस्तै गायिका ज्योती मगरले निर्णायकमा आफ्नो शुरुवात भएको कारण केही डर लागेको बताइन् । तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रो भन्दा राम्रो प्रतिभाहरुलाई प्रोत्साहन गर्ने बताउनु भयो ।

शोको डिजिटल अडिशन सम्पन्न भइसकेको छ भने शो विजेताले २० लाख रुपैयाँ नगद पाउनेछन् ।