• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

गोंगबु आवास क्षेत्रमा पार्क निर्माण



काठमाडौं । गोंगबु आवास क्षेत्र सुधार समितिको अग्रसरतामा र काठमाडौं महानगरपालिकाको सहयोगमामा गोंगबु आवास क्षेत्रमा पार्क निर्माण गरिएको छ ।

पार्कको काठमाडौं–२६ का वडा अध्यक्ष ख्याम तिवारीले उद्घाटन गर्नुभएको छ । समिति अध्यक्ष पाण्डवकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर विकासका योजना प्रमुख प्रकाश ढुंगाना, वडासदस्य प्रवेश श्रेष्ठ, गोंगबु आवास समितिका निवर्तमान अध्यक्ष तथा क्लबका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ ,आवास समितिका संस्थापक अध्यक्ष हरि कर्माचार्य, सबै पूर्वअध्यक्षहरूको उपस्थिति थियो ।

झण्डै एकहजार टोलबसीको उपस्थितिमा भएको कार्यक्रममा शिलालेख र यस कार्यकालको समिति सदस्यहरूको नामसमेत उल्लेख गरिएको शिलालेख समेत राखिएको छ ।