• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली ★   दीपकको व्यंग्यः संगठन बलियो भएको ठाउँमा पार्टीले जित्छ, फ्रस्ट्रेसन भएको ठाउँमा घण्टी ★   मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. गौतम र पुर्वान्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. थपलिया नियुक्त ★   विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ ★   च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै ★   तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य ★   ट्राउट माछाको हब बन्दै र्यालेको मानेदोभान ★   आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने ★   रोहितको कप्तानीमा टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल र रिंकु सिंह परेनन् ★   उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली

एउटा ‘मृत्युको पहाड’ जसले ८० लाख मानिस निल्यो !



एजेन्सी । यसलाई मृत्युको पहाड पनि भनिन्छ । बोलिभियाको दक्षिण–पश्चिम क्षेत्रमा केरो रिको माउन्टेन मानिसलाई खाने पहाडको नामले परिचित रहेको छ ।

तर, पहिला भने यस्तो थिएन । बोलिभियामा लामो समय स्पेनको राज रहेको थियो । उनीहरुले यस माउन्टेनलाई रिच माउन्टेन समेत भन्थे । यस माउन्टेनमा चाँदी अथाहा पाइने भएका कारण पनि रिच माउन्टेन भनिन्थ्यो ।

स्पेनिसहरुलाई लाग्थ्यो कि यो पुरै पहाड भरी चाँदी रहेको छ । तर, स्थानीय मानिसहरु भने यस पहाडलाई सरापको रुपमा लिने गर्थे । १६ औ शताब्दीदेखि हालसम्म ८० लाख मानिसहरुलाई यस पहाडले निलिसकेको छ ।

१५४५ मा स्पेनिसहरुले केरो रिको पहाडको तल्लो भागमा एउटा सानो शहर निर्माण गरेका थिए । उनीहरुले बोलिभियाका ३० भन्दा बढी मानिसहरुलाई माइनिङका लागि उक्त स्थानमा काम गराएका थिए । स्पेनिसहरुले उक्त पहाडबाट २ अर्वभन्दा बढी मुल्य बराबरको चाँदी निकालेको अनुमान गरिन्छ ।

यसरी पहाडमा माइनिङको काम गर्दा पहाडको उचाइमा कमी आएको छ । लगतार पहाड खन्ने कामले यहाँ धेरै सुरुङहरु बनेका छन् । यसकारण पनि माइनिङमा समस्या पर्दै आइरहेको छ । हरपल दुर्घटनाका समस्याहरु बढ्दै गइरहेको छ । हाल यहाँ १५ हजारभन्दा बढी मानिसहरु काम गरिरहेका छन् । एक रिपोर्टका अनुसार प्रत्येक महिना १४ देखि २० जना महिलाहरु विधवा हुने गरेका छन् । पुरुषहरुलाई मात्र यहाँ काम लगाउने गरिन्छ ।

यहाँ काम गर्नेहरुको औसत उमेर ४० वर्ष रहेको छ । इतिहासकार एडुआर्डो गेलीनोका अनुसार १६ औ शताब्दीदेखि हालसम्म उक्त पहाडमा ८०लाखभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । केही आलोचकहरुका अनुसार ८० लाखभित्र त्यस्ता मानिसहरुलाई पनि गनिएको छ जसले यो स्थान छोडर अन्त गएका थिए ।