• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास ★   मिलनले दिए सुहाङलाई बधाई ★   ओलीले दिए सुहाङलाई बधाई – फोटोफिचर ★   भक्तपुरमा कार र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु ★   दक्षिण कोरियाबाट फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने ★   मुस्ताङ बस दुर्घटनामा लिवर्टी कलेजका २१ विद्यार्थी घाइते ★   पाल्तु बिरालोले घरमा लगायो आगो, लाखौं रुपैयाँ बराबरको सामान जलेर खरानी ★   २०२३ मा अस्ट्रेलियालीहरु बढी ठगिए, ठगीबाट हुने घाटा कम ★   आगलागीपीडितको पीडा: सबै जल्यो, के खाने ? कहाँ बस्ने ? ★   ऋषभ पन्तबारे शाहरुख खान भन्छन् – उ मेरो छोरा जस्तै हो

एउटा ‘मृत्युको पहाड’ जसले ८० लाख मानिस निल्यो !



एजेन्सी । यसलाई मृत्युको पहाड पनि भनिन्छ । बोलिभियाको दक्षिण–पश्चिम क्षेत्रमा केरो रिको माउन्टेन मानिसलाई खाने पहाडको नामले परिचित रहेको छ ।

तर, पहिला भने यस्तो थिएन । बोलिभियामा लामो समय स्पेनको राज रहेको थियो । उनीहरुले यस माउन्टेनलाई रिच माउन्टेन समेत भन्थे । यस माउन्टेनमा चाँदी अथाहा पाइने भएका कारण पनि रिच माउन्टेन भनिन्थ्यो ।

स्पेनिसहरुलाई लाग्थ्यो कि यो पुरै पहाड भरी चाँदी रहेको छ । तर, स्थानीय मानिसहरु भने यस पहाडलाई सरापको रुपमा लिने गर्थे । १६ औ शताब्दीदेखि हालसम्म ८० लाख मानिसहरुलाई यस पहाडले निलिसकेको छ ।

१५४५ मा स्पेनिसहरुले केरो रिको पहाडको तल्लो भागमा एउटा सानो शहर निर्माण गरेका थिए । उनीहरुले बोलिभियाका ३० भन्दा बढी मानिसहरुलाई माइनिङका लागि उक्त स्थानमा काम गराएका थिए । स्पेनिसहरुले उक्त पहाडबाट २ अर्वभन्दा बढी मुल्य बराबरको चाँदी निकालेको अनुमान गरिन्छ ।

यसरी पहाडमा माइनिङको काम गर्दा पहाडको उचाइमा कमी आएको छ । लगतार पहाड खन्ने कामले यहाँ धेरै सुरुङहरु बनेका छन् । यसकारण पनि माइनिङमा समस्या पर्दै आइरहेको छ । हरपल दुर्घटनाका समस्याहरु बढ्दै गइरहेको छ । हाल यहाँ १५ हजारभन्दा बढी मानिसहरु काम गरिरहेका छन् । एक रिपोर्टका अनुसार प्रत्येक महिना १४ देखि २० जना महिलाहरु विधवा हुने गरेका छन् । पुरुषहरुलाई मात्र यहाँ काम लगाउने गरिन्छ ।

यहाँ काम गर्नेहरुको औसत उमेर ४० वर्ष रहेको छ । इतिहासकार एडुआर्डो गेलीनोका अनुसार १६ औ शताब्दीदेखि हालसम्म उक्त पहाडमा ८०लाखभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । केही आलोचकहरुका अनुसार ८० लाखभित्र त्यस्ता मानिसहरुलाई पनि गनिएको छ जसले यो स्थान छोडर अन्त गएका थिए ।