९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

ऋषभ पन्तबारे शाहरुख खान भन्छन् – उ मेरो छोरा जस्तै हो

ऋषभ पन्तबारे शाहरुख खान भन्छन् – उ मेरो छोरा जस्तै हो
अ अ+ अ-

एजेन्सी । बलिउड स्टार शाहरुख खान यतिबेला क्रिकेट मैदानमा देखिन्छन् । उनी आईपीएलको खेलमा आफ्नो टोली केकेआरलाई समर्थन गरिरहेको देखिन्छ ।

यसैबीच, उनले ऋषभ पन्तको कार दुर्घटनाको बारेमा कुरा गरे । शाहरुख आज पनि क्रिकेटरको लागि चिन्तित छन् । उनी आफ्नो छोरा जस्तै रहेको शाहरुखले प्रतिक्रिया दिएका छन् ।

ऋषभ पन्त इन्डियन प्रिमियर लिग २०२४ मा दिल्ली टिमको कप्तानको रुपमा खेलिरहेका छन् । कार दुर्घटनाबाट निको भएर क्रिकेटरले पुनरागमन गरेका छन् । यस्तो अवस्थामा उनका समर्थकहरु निकै खुसी छन् । यो खुशीमा शाहरुख खान पनि सामेल छन् ।

कोलकाता नाइट राइडर्सका मालिक शाहरुख खानले हालै स्टार स्पोर्ट्ससँग कुरा गरेका छन् । यसै क्रममा उनले ऋषभ पन्तको कार दुर्घटना देखेर कस्तो महसुस भएको भन्नेबारे बताए । उनले क्रिकेटरको घुँडाको चोटको बारेमा पनि चिन्ता व्यक्त गरे ।

शाहरुख खानले ऋषभ पन्तलाई आफ्नो छोरा जस्तै भनेका छन्, शाहरुखले ऋषभ पन्तको दुर्घटनाग्रस्त कारको तस्बिर देख्दा आफू डराएको पनि बताए । शाहरुखले भने, ‘मैले कारको भिडियो, सीसीटीभी फुटेज हेरेँ, हेरेपछि म डराएँ । के भयो थाहा छैन, यस्तो अवस्थामा धेरै नराम्रा विचार आउँछन् । यो उमेरका केटाहरू मेरा छोराहरू जस्तै छन् । मेरो टिममा पनि यस्ता पन्तजस्ता युवा स्टारहरु धेरै छन् । ऋषभ आफै पनि धेरै युवा छन् ।’

उनले थप भने, ‘मलाई लाग्छ कि उसलाई चोट नलागोस्, किनकि एक खेलाडीका लागि चोट लाग्नु झनै खराब हुन्छ, यो दोहोरो समस्या हो । ऋषभ निको भएको राम्रो छ । मलाई आशा छ उनको घुँडा ठीक हुनेछ । मैले उनलाई नउठ्न भनेको थिएँ, किनभने उनको घुँडामा दुखाइ हुनेछ, ऋषभ फर्किएकोमा म खुसी छु र उसले राम्रो खेल्नेछ ।’