४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनको रोडम्याप तय गर्न अर्थमन्त्री वाग्लेको सचिवहरूसँग बैठक प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो कृषि आधुनिकीकरणमा चीन र एफएओको सहयोग महत्त्वपूर्ण छ : मन्त्री चौधरी अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो लोप हुँदै थारु समुदायको ‘सज्ना’ गीत पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा साउनको पहिलो सोमबार: शिवालयमा भक्तजनको घुइँचो- फोटो फिचर तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बन्छ माटाको कौलामा तयार पारेको दही -फोटो फिचर



अ+ अ-

भक्तपुर । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् ।

यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । अन्य दिनमा भन्दा असार १५मा बढी दहीको माग हुनेहुदाँ दही व्यापारीलाई दही तयार गर्न र बिक्रीवितरण भ्याईनभ्याई हुन्छ ।

दही जमाउन प्लाष्टिकको भाडो, माटाको कौला, अनि मटकामा राखिएको दूूध राखिन्छ । दूधलाई करिब एकदेखि डेढ घण्डासम्म उमालेर यसरी दही जमाउने गरिन्छ यसरी राखिएको दूध आधुनिक तरिकाले दही जमाउन तापक्रम मिलाएर राखिएको हुन्छ ।

करिब ३ देखि ४ घण्टा राखिसकेपछि दही बन्छ । तयार भएको दही चिसो स्थानमा लगेर राख्ने गरिन्छ । दूधलाई करिब एकदेखि डेढ घण्डासम्म उमालेर यसरी दही जमाउने गरिन्छ । दूधलाई करिब १०० डिग्रीसम्म करिब एकदेखि डेढ घण्डासम्म उमालेर सकेर यसरी हल्का खेलाएर मात्र जमाउने गरिन्छ ।

तस्बिर -रत्न श्रेष्ठ, रासस