७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तर नम्बर भएको पानी पिउन आग्रह



अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारको गुणस्तर नम्बर भएको तथा बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामीको सङ्ख्यामा वृृद्धि हुन थालेपछि विभागले पानीको गुणस्तर हेरेर प्रयोग गर्न आग्रह गरेको हो ।

विभगाले आज एक सूचना जारी गर्दै प्रशोधित पिउने पानी र जारको लेवलमा ‘डिएपटिक्यु’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो ।

यस्तै, प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानलाई पूरा गरेर मात्रै पानीको बिक्रीवितरण गर्न उद्योगीलाई अनुरोध गरिएको छ । कानूनबमोजिम अनुज्ञापत्र लिई नवीकरण नगरी पानी बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।