५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी

एघार महिनामा नेपालीले खाए १६ अर्बको फलफूल

एघार महिनामा नेपालीले खाए १६ अर्बको फलफूल
अ+ अ-

काठमाडौँ । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा रु १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ । मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल गार्हस्थ्य उत्पादन(जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूको आयातमा अर्बौं रकम बाहिरिरहेको छ ।

चालु आवको पहिलो ११ महिनामा फलफूलको आयातका कारण रु १६ अर्ब २१ करोडभन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्राको सही र व्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अर्बांै रकम विदेशिनबाट जोगिन सक्ने देखिएको छ ।

भन्सार विभागले चालु आवको जेठ मसान्तसम्मको आयात तथा निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणानुसार मुलुकले फलफूलका साथै दैनिक उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषिउपजसमेत अत्यधिक आयात भइरहेको देखिन्छ ।

चालू आवको समीक्षा अवधिमा मुलुकमा रु १६ अर्ब २१ करोडभन्दा बढी रकम ताजा तथा सुकेका फलफूल आयातमा बाहिरिएकोे विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

छ अर्ब ६५ करोडको स्याउ आयात

विभागका अनुसार चालू आवको जेठ मसान्तसम्म रु छ अर्ब ६५ करोड ११ लाख ९९ हजार मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ६३ करोड ५८ लाख ७८ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।

स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ । चीनबाट मात्र रु पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट रु एक अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट रु ४४ लाख १३ हजार, टर्कीबाट रु २६ लाख २५ हजार र गिनी बिसाउबाट रु एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ ।

दुई अर्ब बढीको अङ्गुर आयात

चालु आवको जेठ मसान्तसम्म रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु ११ करोड ११ लाख ७४ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।

एक अर्ब ५७ करोडको केरा आयात

नेपालीले ११ महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा आयात गरेको छ । चालु आवको जेठ मसान्तसम्म कूल छ करोड २१ लाख ६३ हजार ९८८ किलो केरा आयात भएको छ । त्यसबाट सरकारले रु १९ करोड १२ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।

विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै रु एक अर्ब २४ करोड ८६ लाख २१ हजार बराबरको दुई करोड २८ लाख चार हजार १७३ किलो सुन्तला आयात भएको छ ।

त्यस्तै जेठ मसान्तसम्म एक करोड चार लाख ८४ हजार १०१ किलो अनार आयात भएको छ । त्यसका लागि रु एक अर्ब नौ करोड तीन लाख ९८ हजार रकम बाहिरिएको छ । यस्तै खरबुजा एक करोड ९७ लाख ३९ हजार २७७ किलो आयात भएको छ । खरबुजाको आयात मूल्य रु ५१ करोड ३१ लाख ९१ हजार बराबर छ ।

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालु आवको ११ महिनामा ६६ लाख ४४ हजार १६१ किलो मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य रु २३ करोड ४० लाख दुई हजार बराबर छ ।

यस अवधिमा २१ लाख ९४ हजार १९९ किलो नास्पाती रु १५ करोड आठ लाख ३९ हजार बराबरको आयात भएको छ भने २६ लाख ८५ हजार ६९१ किलो भुँइकटहर ९ताजा र सुकेका० रु १२ करोड चार लाख ६२ हजारको आयात भएको छ । अम्बा र आँप रु ७१ करोड ७५ लाख ९४ हजार बराबरको आयात भएको देखिन्छ ।

दुई लाख ४५ हजार ८६९ किलो एभोगाडो रु छ करोड ९१ लाख बराबरको आयात भएको छ भने व्यावसायिकरुपमा मुलुकमै खेती गरिने किबी रु छ करोड २२ लाख ६९ हजार बराबर मूल्यमा तीन लाख ३५ हजार ५४७ किलो आयात भएको छ । चालु आवको समीक्षा अवधिमा नौ लाख ९१ हजार २२८ किलो लिची रु तीन करोड ८७ लाख ६६ हजार मूल्यमा आयात भएको छ । उल्लेखितबाहेक अन्य ताजा तथा सुकेका फलफूल करोडौँ मूल्यमा आयात भएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । रासस