११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी
अ अ+ अ-

भोजपुर । व्यावसायिक अकबरे (डल्ले)खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो ।

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा खुर्सानीको खेती हुने गरेको छ ।

त्यस्तै षडानन्द नगरपालिका, अरुण, हतुवागढी, आमचोक, साल्पासिलिछो गाउँपालिकाको विभिन्न ठाउँमा पनि खुर्सानीको खेती हुने गरेको छ ।

यहाँको ७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ छ । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।

गएको याममा गाउँपालिकामा खुर्सानी बिक्रीबाट रु छ करोड ५० लाख बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो । प्रमुख राईले भन्नुभयो, ‘‘हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको स्रोतका रुपमा अकबरे लिएका छौँ । गएको याममा गाउँपालिकामा रु छ करोड ५० लाख रकम खुर्सानी बिक्रीबाट भित्रिएको छ ।”

गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि भएर अहिले चार हजार पाँच रोपनी क्षेत्रमा अकबरे खुर्सानीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । खुर्सानी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ ।

गाउँपालिकामा गएको याममा तीन लाख ५० हजार किलोग्रामको हाराहारीमा खुर्सानी उत्पादन भएको गाउँपालिकाको भनाइ छ । खेतीमा विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने गाउँपालिका शाखा प्रमुख राईले जानकारी दिनुभयो । राईले भन्नुभयो, “हामीले यहाँ खुर्सानीको पकेट क्षेत्र नै छुट्याएर खेतीमा लगानी गरेका छौँ । गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकमा थप उत्साह थपिएको छ । यस याममा एक हजार ५०० बढी क्षेत्रमा थप विस्तार भएको छ । विगतको याममा भन्दा यस वर्ष उत्पादनमा समेत वृद्धि हुने देखिन्छ ।”

खुर्सानी सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट माटोमा उपयुक्त हुने प्राविधिकको भनाइ छ । खुर्सानीको खेती पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको समयमा गर्ने गरिन्छ । नेपालका प्रायःसबै भूभागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि अकबरे खुर्सानी भोजपुरलगायत पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको यहाँका कृषि प्राविधिकको भनाइ छ ।

गाउँपालिकाभित्रका १५० जना बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएका छन् । आलो खुर्सानी उत्पादनको सुरुको चरणमा रु ३५० देखि ४०० सम्म र धेरै उत्पादन भएपछि रु १५० देखि २५० सम्ममा बिक्री हुने स्थानीय कृषकको भनाइ छ । किसानले उत्पादन गरेको खुर्सानी ठेकेदारले घरमा नै आएर लैजाने गरेका छन् । यहाँको खुर्सानी, धरान, विराटनगर, झापा, काठमाडौँलगायत ठाउँमा निर्यात हुने गरेको छ ।

गाउँपालिकाले कृषिमा प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि खेती विस्तारमा ऊर्जा मिलेको कृषक निराजन श्रेष्ठले बताउनुभयो । कृषक श्रेष्ठले भन्नुभयो, “खुर्सानी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु । उत्पादन भएको खुर्सानी किन्न ठेकेदार घरमै आउँछन् । पछिल्लो समय अलि खुर्सानीमा जरा कुहिने रोगले सताएको छ । गाउँपालिकाको तर्फबाट राम्रो प्राविधिक सहयोग पाएका छौँ ।”

अकबरे खुर्सानी गर्मी र न्यानो मौसममा हुने बाली हो । तुसारो नपर्ने र न्यूनतम तामक्रम पाँच डिग्री सेल्सियसभन्दा तल नजाने ठाउँमा हिउँदे बालीका रुपमा खेती गरिन्छ । १८ डिग्री सेल्सियसदेखि ३२ डिग्री सेल्सियसको बीचको तामक्रममा खुर्सानीको वृद्धि र विकास राम्रो हुने कृषि प्राविधिको भनाइ छ । यस्तो हावापानीमा खुर्सानी खेती गरिएको खण्डमा यसबाट राम्रो आम्दानी लिन सकिन्छ ।

गाउँपालिका खुर्सानी, अण्डा तथा तरकारीमा आत्मनिर्भर रहेको गाउँपालिकाले जनाएको छ । कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले यस क्षेत्रमा लगानी बढाएको गाउँपालिकाको भनाइ छ । छ वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताका आधारमा छुट्याएर माटो र हावापानी सुदाउँदो खेती लगाउनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “हामीले दूरदर्शी योजनाका साथ कृषिसँगै भौतिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिरहेका छौँ । हामीले यहाँको कुन ठाउँमा कस्तो बाली खेती गर्न सकिन्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौँ । यसैको आधारमा लगानी गछौँ । अहिले आएर कृषकहरुले निकै राम्रो आम्दानी लिदै आएका छन् ।”

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा, वडा नं ६ ठूलोदुम्मामा अकबरे खुर्सानी, मौरीपालन र एभोगाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ ।

त्यस्तै वडा नं २ तिवारी भञ्ज्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामसिलाको वडा कार्यालयमुनिको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवी खेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “हामीले कृषिमा प्राथमिकताका साथ काम गरिरहेका छौँ । त्यसको परिणाम पनि देखिन थालेको छ । हालको गाउँपालिकाको राम्रो आम्दानीको स्रोतका रुपमा खुर्सानीलाई लिन सकिन्छ । कृषिका अन्य क्षेत्रमा पनि काम भइरहेको छ । श्यामशिला क्षेत्रमा गाउँपालिकाको आर्थिक सहयोगमा कृषकहरुले व्यावसायिकरुपमा किवी खेती गरिरहेका छन् । किबीको बिक्रीबाट अबको केही वर्षमा राम्रो आम्दानी भित्रिन्छ ।”

पूर्वी पहाडी जिल्ला भोजपुर धनकुटा, सङ्खुुवासभा, इलाम, तेह्रथुमलगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ । खुर्सानी डल्ले, अकबरे, जिरे आदि धेरैथरिका हुन्छन् । अकबरे खुर्सानी असाध्यै मीठोे र लोकप्रिय खुर्सानी मानिन्छ । बजारमा अन्य खुर्सानीको तुलनामा अकबरे खुर्सानीको माग धेरै रहेको व्यवसायीको भनाइ छ ।

दुई÷तीनपटक राम्रोसँग खनजोत गरी डल्ला फुटाएर झारपात केलाएर जमिन तयार गर्नुपर्छ । बेमौसमी उत्पादनका लागि भने वर्षाको मौसममा खेती गरिने भएकाले वर्षाको पानीबाट यसलाई जोगाउन र गुणस्तरीय उत्पादनको लागि प्लाष्टिकको छानो आवश्यकपर्ने किसानको भनाइ छ ।

एक रोपनीका लागि ५० देखि ७५ ग्रामसम्म खुर्सानीको बीउको आवश्यकता पर्दछ । उच्च पहाडमा फागुन÷चैत्रमा बीउ राख्ने, चैत्र÷वैशाखमा बेर्ना सार्ने र असारदेखि भदौसम्म बाली लिन कृषक बताउँछन् ।

वर्षाको चिस्यानबाट जोगाउन जमिनको सतहभन्दा ३० सेन्टिमिटर अग्लो ब्याड बनाउनु उपयुक्त मानिन्छ । खुर्सानी खेतीको लागि थोपा सिँचाइ प्रविधि अपनाउनु राम्रो हुन्छ । हिँउदमा धेरै सुख्खा भएमा खुर्सानीको बोट मर्ने भएको हुनाले यस समयमा विशेष ध्यान पु¥याएर समयसमयमा सिँचाइ गर्नुपर्छ । खुर्सानीको बेर्ना प्रतिरोपनी दुई हजारदेखि तीन हजार गोटासम्म आवश्यक रोप्न सकिन्छ । जरा र पात धेरै भएको र स्वस्थ बिरुवा छानेर साँझपख रोप्दा बिरुवा बचाउन सहज हुने कृषकको अनुभव छ । बेर्ना सारेपछि पाँच/सात दिनसम्म बिरुवालाई पानीको आवश्यकता पर्दछ ।

कृषकले बिरुवा रोप्नुभन्दा १०-१५ दिन पहिले खाल्डो खनेर जमिन तयार गर्ने र यस्तो खाल्डोमा गोबर मललाई माटोसँग मिसाएर हाल्ने गर्दछन् । खाल्डो भर्ने र मल दिएपछि माटो सुख्खा छ भने हल्का सिँचाइ गर्नुपर्छ । बिरुवा रापेको ३५-४० दिनको फरकमा बोटको वरिपरि कुलेसो बनाई मल दिएर त्यसलाई माटोले पुरेर सिँचाइ गर्दा अझ राम्रो हुने कृषकले बताउने गरेका छन् । अकबरे खुर्सानीको बेर्ना सारेको ८०-९० दिनमा पहिलो फल टिप्न तयार हुन्छ । एक मौसममा १० पटकसम्म फल टिप्न सकिने प्राविधिकको भनाइ छ ।

अरु खुसार्नीको तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नीलगायतका दुखाई पनि कम गर्ने स्वास्थ्यकमीले बताउने गरेका छन् । यो खुर्सानीले खाना रुचाउने स्थानीयवासीको भनाइ छ । अकबरे खुर्सानी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको सङ्क्रमण कम हुन्छ भन्ने गरिन्छ । यसको सेवनबाट पिसावको बिरामीलाई समेत फाइदा पुग्छ । यो खुर्सानीको अचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । दैनिक जनजीवनमा उपयोगी रहे पनि पछिल्लो समय यसको रैथाने बीउ जात भने लोप हुन थालेको स्थानीयको भनाइ छ ।

यो खुर्सानी विभिन्न आकारका हुन्छन् । ठूलो गोलो लाम्चो ९मीठो बास्ना आउने० जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मनपराउने जात हो । अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्टिक तथा अल्सरजस्ता रोग निको हुन सहयोग पुग्ने स्थानीय जानकारहरुको भनाइ छ । अकबरे खुर्सानी नियमित सेवन गर्दा यसले मोटोपना घटाउन मद्दत गर्दछ । पेटसम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा हुने गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

फल धेरै पिरो हुने हुँदा यसको मीठो स्वादले खानाको रुचि बढाउँछ । यसको प्रयोग मसलाका रुपमा गरिन्छ । यसलाई औद्योगिक कच्चा पदार्थका रुपमा पनि प्रयोग गरिन्छ । यसको पाकेको फलबाट अचार र अन्य नेपाली परिकार बनाउन सकिन्छ । अकबरे खुर्सानी धेरै पिरो र स्वादिलो हुन्छ । यसको छिप्पिएको हरियो फलमा भिटामिन ए र शिललगायत विभिन्न प्रकारका अन्य भिटामिन, खनिज, तत्व तथा पोषण तत्व प्रशस्तमात्रामा पाइन्छ ।

खुर्सानी विशेष गरेर चाउचाउ उद्योग र अचार र पाउडरका लागि सबैभन्दा बढी खपत हुने व्यापारी जीवन राउतले बताउनुभयो । बजारमा ५०० देखि ७०० टनसम्म आवश्यक रहेको राउतले बताउनुभयो ।

गत वर्ष आफूले मात्र १५० मेट्रिकटन खुर्सानी बाहिर अन्य जिल्लामा लगेको उहाँले जानकारी दिनुभयो । एक दिनमा भोजपुरबाट २१ टनसम्म खुर्सानी उठाएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय खुर्सानी खेतीमा कृषकको आकर्षण बढेसँगै बर्सेनि उत्पादनमा पनि वृद्धि भएको छ । नेपालमा उत्पादन हुने खुर्सानी नेपाली बजारसँगै विदेशमा समेत निर्यात गर्न सरकारीस्तरबाट पहल भइरहेको छ । नेपाली बजारमा पाँचदेखि सात टन खुर्सानीको आवश्यकपर्ने बताइन्छ । रासस