१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा



अ+ अ-

काठमाडौँ । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ ।

उहाँ यतिबेला क्यान्सर रोगसँग लडिरहनुभएको छ । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको हुनुहुन्थ्यो । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चासो व्यक्त गर्नुभएको छ ।

आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष दाहालले जानकारी लिनुभएको हो । तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा हुनुहुन्छ । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालले चिकित्सकबाट जानकारी लिनुुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले उहाँको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गर्नुभएको थियो । अध्यक्ष दाहालले देशका लागि तामाङले पुु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताउनुभयो ।