११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

पुनर्जन्म हुन्छ त ?

पुनर्जन्म हुन्छ त ?
अ अ+ अ-

विज्ञानका खोजले, आधुनिक प्रविधिले थाहा नपाएका विषयहरु पनि दुनियाँमा प्रशस्तै छन् । जन्म, मृत्यु र पुनर्जन्मका बारेमा सन्तुष्ट हुने जवाफ विज्ञानले दिँदैन शास्त्रले उपलब्ध गराउँछन् । पुनर्जन्म र पूर्वजन्मका बारेमा शास्त्रले व्याख्या, दर्शनले खोज र ऋषिहरुले अनुसन्धान गरेका छन् । समाजमा कहिलेकहीँ अद्भूत बच्चा जन्मिएर अचम्मका क्षमता देखाएर चकित बनाउँछन् ।

गुगल वा चाणक्यका नामले अहिले पनि केही व्यक्ति परिचित छन् । हिन्दूधर्मले पूर्व र पुर्नजन्म दुबैलाई स्वीकार गर्छ । आर्यावर्त पवित्र र ईश्वरको निवास भएकाले यहाँ देवीदेवता सशरीर आउने, यज्ञ आदिबाट उत्पन्न हुने वा जन्मने गरेका इतिहास छ । भगवानकाे पुर्नजन्मलाई अवतार भनिन्छ ।

साधारण जीवको जन्मन पुनर्जन्म भनिन्छ । जस्तै बालिपुत्र अङ्गदले लंकामा देखाएको रण–कौशल एवंं रामभक्ति देखेर भगवान् रामले अत्यन्तै प्रसन्न भएर वरदान मागभन्दा, “हे भगवान मेरो बाप बैरीलाई मार्न सकौँ” भने ।

रामले भन्नुभयो, “हे अङ्गद यो जन्ममा तिमीले यो काम गर्न पाउने छैनौ द्वापरयुगमा म कृष्ण भई जन्मने छु त्यतिबेला तिमीले शिकारी (व्याधा) भई मलाई मार्ने छौ” । त्रेतायुगको त्यो घटना द्वापरको अन्तिममा आएर सत्य सावित भयो । श्रीकृष्णलाई व्याधाले बाण हानेर मारिदियो । रामले श्रीकृष्ण एवं अंगदले व्याधा भई जन्म लिएले पूर्वजन्मका कर्मफललाई दुवैले भुक्तान गरेका थिए ।

भीष्मपितामहले आफ्नो पूर्वजन्मको कुन कर्मले गर्दा बाणको ओछ्यानमा अन्तिम श्वास फेर्न पुगेँ भनी हेरेका थिए । द्रौपदीले पूर्वजन्ममा पाँचपटक पति पाऊँ भनी वरदान मागेका कारण पाँच पाण्डवकी श्रीमती बन्न पुगीन् । पूर्वजन्ममा गरेका कार्यहरू अर्को जन्ममा प्रारब्ध कर्म बनेर आउँछ । कस्तो कुलमा जन्मने, कस्तो संगत र संस्कारमा हुर्कने यी विषयलाई पूर्वकर्मले निर्धारण गर्दछ । पुनर्जन्म नभई सजीवहरू मर्दै जाने हो भने पृथ्वी आजसम्म प्राणीविहीन बनेर केवल सूर्यलाई परिक्रमा गरेर बस्ने थियो ।

जन्म र पुनर्जन्म प्रत्येक जीवात्मको कर्मअनुसार हुन्छ जसको लेखाजोखा परमात्माले गर्छन् । हामीमा न त जन्माउने सामथ्र्य छ, न त पुनर्जन्म गराउने । जस्तै सन्तान जन्माउन सक्ने आमा–बाबुहरूबाट सन्तान नभएका प्रसस्त उदाहरणहरू छन् । भोगायतनं शरीरम् कर्मको भोग शरीरले गर्छ । भारतस्थित पञ्जाबको होशियापुरमा जन्मेका महात्मा गान्धीका साथी सन्तराम बि.ए.ले ‘पुनर्जन्मकी पहेलियाँ’ नामक पुस्तकमा पुनर्जन्मको बारेमा धेरै प्रमाण दिएर सातजना विश्व प्रसिद्ध वैज्ञानिकहरूले पुनर्जन्मलाई स्वीकारेको प्रमाण समेत दिनुभएको छ । गीता प्रेसबाट प्रकाशित परलोक और पुनर्जन्म नामक विशेषाङ्कमा यसका सन्दर्भ प्रमाणहरु समेटेको छ ।

पूर्वजन्मकै संस्कारले गर्दा वंशमा नै नभएका गुण आश्चर्यजनक रूपमा सन्ततिहरूमा एक्कासी देखा पर्दछन् । भर्खरै जन्मिएका बच्चाहरू कहिले रुन्छन्, कहिले हाँस्छन्, कहिले आनन्दले बस्छन् । यी सबै पूर्वजन्मका आभास हुन्छन् । यस जन्मका आफन्त एवं आफ्नो पूर्ण याद नभएसम्म पूर्वजन्मका दृश्यहरू सूक्ष्म रुपमा आएर प्रभाव पार्दछन् । पशुपंक्षी र मानिसका सन्तान जन्मनेबित्तिकै खाने कार्य जन्मजन्मको संस्कार भएकाले भुल्दैनन् । पूर्वजन्मको संस्कारले अर्को जन्ममा असर गर्ने भएकाले संस्कृतका धेरै विद्वान्हरू मृत्यु शैøयामा पनि गीताका श्लोक, वेदका कण्डिका याद गर्दछन् । प्रसिद्ध ज्योतिर्विद् एवं इतिहासकार प्रा. नयराज पन्त मृत्युशंयामा बसेर व्याकरणका सूत्र रट्नुहुन्थ्यो ।

महादेवले सतीदेवीको मृत्युपछि अर्को जन्ममा के हुन्छिन् भनेर ध्यान दृष्टिले हेर्दा पर्वतकी छोरी, पार्वती भएर जन्मिएको देख्नुभयो । गौतम वुद्धले आफ्नो पूर्वजन्मको बारेमा वर्णन गर्दै अन्तमा नेपालको लुम्बिनीमा जन्मिएपछि नजन्मने कुराको वर्णन गरेका छन् ।

क्रिश्चियनधर्मका धर्मगुरु जिसस क्राइष्टले “म फेरि जन्मन्छु तर मेरो नाम लिएर कसैले म नै जिसस हूँ भनी ढाँट्ने छन् त्योदेखि सावधान रहनू” भनेर पुनर्जन्मको विषयलाई समर्थन गरेका छन् ।

साईबाबाले तीनपटक अवतार लिने क्रममा पहिलो जन्म सिर्डी साईको रूप लिनुभयो । दोस्रो अवतारका रूपमा सत्यसाई बाबालाई सबैले देखेका, सुनेका र बुझेका छौँ । अर्को अवतार प्रेमसाईको रूपमा हुने कुरा प्रकाशमा आइसकेको छ । पुनर्जन्मको अर्को ज्वालन्त उदाहरण हो दलाइ लामा । दलाइ लामाको मृत्यु हुने बेलामा उनले आफ्ना विश्वस्त चेलाहरूलाई आपूmले प्रयोग गर्ने माला, किताब, ओछ्यान, खाना खानेभाँडाहरू जिम्मा लगाउँछन् ।

जुन वालकका रूपमा जन्मन्छन् त्यसले आफ्नो माला ओछ्यान, किताब एवंं अन्य पूर्वजन्ममा प्रयोग गरेका सामग्रीहरूको पहिचान गर्छन् । यसलाई तिब्बतीहरू ‘टुल्कु’ भन्दछन् । त्यो बालकप्रति अझ शंका लागेमा पूर्वदलाई लामाले प्रयोग नगरेको माला, किताब, बस्ने आसन दिँदा उसले लिँदैन । पूर्व प्रयोग गरेका सामग्रीहरू मात्र समाउँछ र खोलाउँछ । यो परीक्षामा पास भएपछि मात्र उसलाई दलाइ लामाको पद दिइने चलन अद्यापि छँदैछ । वैदिक शास्त्रहरूमा नारायणका दशअवतारको बारेमा वर्णन गर्दै संसारमा भएका अन्याय अत्याचारको नाशको लागि जन्मलिने कुरालाई प्रष्ट उल्लेख गरिएको छ–

मत्स्यो कूर्मो वराहश्च नारसिंहोद्रथ वामनः ।
रामो रामश्च रामश्च बुद्धः कल्की च ते दशाः ।।

अर्थात् “विष्णुका माछा, कछुवा, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि नामका दशअवतार छन् ।” शास्त्रले भने अनुसार भगवान्ले नौँ अवतार लिइसक्नुभएको छ । दशौँ अवतारको रूपमा कल्कीको भएर जन्मलिन भने बाँकी छ । त्यो जन्म कहाँ र कसरी हुने भन्ने विषयलाई शास्त्रले यसरी प्रमाण दिएको छ–

सम्भलग्राममुख्यस्य ब्राéणस्य महात्मनः ।
भवने विष्णुयशसः कल्किः प्रादुर्भविष्यति ।।

अर्थात् “सम्भल नामको गाउँमा, धर्मनिष्ठ ब्राéणका कूलमा, भगवान् कल्कीको जन्म हुनेछ ।” शास्त्रका अनुसार उनले परशुरामसँग शिक्षा–दीक्षा लिएर सबै विधर्मिहरूलाई नाश गर्ने छन् । आकस्मिक रूपमा भेटिएको मानिस र नयाँ ठाउँ पहिले नै देखे जस्तो हुन सक्छ । यिनीहरुसँग पूर्वजन्ममा सम्बन्ध भएकाले त्यस्तो आभास हुन्छ । सर्पले कुनै स्थान विशेषमा आउँदै घुम्दै, जाँदै ग-यो भने, त्यो सर्प धारण गरेको आत्मालाई पूर्वजन्ममा त्यो ठाउँ अत्यन्तै मन परेको थियो वा अघिल्लो जन्ममा धन, दौलत त्यहाँ गाडेकोले यस्तो भएको ज्योतिषीय मान्यता छ ।

सर्पले घेरेर बसिराख्यो, लखेट्दा पनि पुनः पुनः आएर त्यहीँ बसिराख्यो भने उत्खनन् गरेर हेर्दा अकुत सम्पत्ति पाइएको खबर बेला–बेलामा सुन्न पाइन्छ । कतिपय बालकले “मेरो सन्तान, सम्पत्ति यहाँ छ” भनेकै स्थानमा भेटिन्छ । जबसम्म आत्माले मुक्ति पाउँदैन तबसम्म पुनर्जन्म हुन्छ । जब जब आत्मा शुद्ध हुँदै जान्छ कर्मको फल नष्ट हुँदै जान्छ तब तब त्यसलाई पूर्वजन्मको यथार्थ जानकारी हुन थाल्छ ।

यस्तै प्रस∙ श्रीमद्भागवत्महापुराणमा आउँछ । जडभरत नामका महातपस्वी र त्यागीले तपस्या गर्दा उनको छेउमा मृगको सानो पाठो आउँछ । उनले असाध्यै माया गरेर पालेछन् । ऋषिको छेउमा आउँदा खान पाउने भएकाले मृग उफ्रदै नाच्दै आउन थाल्छ । ऋषिको देहत्याग गर्ने समय आएकाले आफ्नो मृत्युपछि मृगले के खाला ? भनेर याद गरिरहेको समयमा उनले देहत्याग गरेछन् । फलस्वरूप अर्को जन्ममा उनले मृगयोनिमा जन्म लिनुपरेको थियो ।

सूर्यं चक्षुर्गच्छतु वातमात्माद्यांच गच्छ पृथ्वीं धर्मणा ।
अपो वा गच्छ यदि तत्र ते हितमोषधीषु प्रतिष्तिठा शरीरैः ।।
–ऋग्वेद(१०।१६ ।३)

अर्थात्, “हे जीव  तिम्रा पूर्वशरीरका आँखा सूर्यसँग र प्राण वायुसँग मिलून्, बाँचुन्जेल पृथ्वीमा गरेका धर्मका फलले स्वर्ग जाऊ यदि तिम्रो हित हुन्छ भने सूक्ष्म शरीरद्वारा औषधिहरूमा रहू ।” मृत्युपछि हामीले आफ्ना शुभाशुभ कर्मबाहेक आँखको तेज, मनको वेग, बुद्धिको खेल, धनको भेल, आफन्तहरूको मेल आदि केही लैजान पाइँदैन । आद्यगुरु शंकराचार्यले पनि पुनर्जन्म हुने बताउनुभएको छ । उहाँ घुम्दै जाँदा वृद्ध उमेरका मानिसले व्याकरणको सूत्र घोकेका देखेर भन्नुभएको थियो “हे भाइ  व्याकरणको सूत्र घोक्न छाडेर भगवान्को नाम जप,” “पुनरपि जननं पुनरपि मरणं, पुनरपि जननीजठरे शयनम्, भज गोविन्दम्” भगवान्को पवित्र नाम जप्यौँ भने बारबार जन्मनु र मर्नुको चक्करमा परिदैन” । भारतको बंगालमा जन्मिएका विश्वविख्यात महात्मा स्वामी विवेकानन्दको जीवनमा पनि यस्ता धेरै घटनाहरू घटेका छन् ।

एकपटक रामकृष्ण परमहंस क्यान्सरले विरामी पर्नुभयो । उहाँलाई कुनै उपचारले नछोएपछि स्वामी विवेकानन्दले गुरुकी इष्टदेवी साक्षात् जगन्माता कालीलाई योगबल प्रयोग गरेर दर्शन गरी भन्नुभए छ, “हे  माता तपाईंका अनन्य भक्त, मेरा पूज्य गुरुदेव रामकृष्ण परमहंसलाई क्यान्सर भएको छ । यसबाट मुक्त गराउने क्षमता तपाईंबाहेक अरू कसैसँग नभएकाले निराकरण गरिदिनु होस्” ।

कालीमाताले भन्नुभए छ, “हे विवेकानन्द तिमी आफ्नो गुरुलाई पुनः जन्मियोस् भन्ने इच्छा गर्छौं भने उनलाई क्यान्सरबाट मुक्त गराउँछु । यही गुरुको अन्तिम जन्म होस्, गुरुले आमाको गर्भमा कठीन पीडा सहेर अर्को जन्म नलिऊन् भन्ने इच्छा गछौँ भने क्यान्सर लाग्न देऊ” ।

विवेकानन्दले गुरुको क्यान्सरलाई नै स्वीकार गरेछन् । यसै त क्यान्सरको पीडा, त्यसमाथि कीरा परेको । त्यस्तो रोगलाई साधनाको चरम बिन्दुमा पुगेका रामकृष्ण परमहंसले सहजै रूपमा पचाए । सुतेर उठ्दा कीराहरू भूइँमा झरेको देखे भने पुनः घाउमा लगाउँदै भन्थे रे, “तिमीहरू त घाउमा पो बस्नुपर्छ कहाँ हिडेको लौ यहाँ बस” । त्यो घटनालाई उनका अनन्य भक्त स्वामी विवेकानन्द चुपचाप हेरेर बस्ने गर्दथे ।

देहे पञ्चत्वमापन्ने देही कर्मानुगोद्रवशः ।
देहान्तरमनुप्राप्य प्राक्तनं त्यजते वपुः ।।
व्रजंस्तिष्ठन् पदैकेन यथैवैकेन गच्छति ।
यथा तृणजलूकैवं देही कर्मगतिं गतः ।।

यस श्लोकले भनेझैँ पूर्वजन्मको कर्मफलले रामकृष्ण परमहंसलाई क्यान्सर लाग्यो । जन्मनु र मर्नुको चक्करमा भोग्नुपर्ने पीडाभन्दा क्यान्सरको पीडा सहज रहेछ भन्ने विषयलाई यसले छर्लड्ड बनाइदिएको छ । पुनर्जन्म लिनुभन्दा यही जन्ममा दुःख, रोग, शोक खप्नु नै उचित संझिए । यस्तै घटना श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको समयमा भएको पुनर्जन्म सम्बद्ध घटना छ । वि. सं. १८२६मा भक्तपुरको विजयपछि पृथ्वीनारायण शाहले तात्कालिक पराजित राजाहरूलाई अब के चाहनु हुन्छ भन्ने प्रश्न गर्नु भए छ । भक्तपुरका राजा रणजित मल्ल त बूढा भएकोले “आफूले काशीसमा देहत्याग गर्न चाहेको बताएछन्” ।

काठमाडौँका राजा जयप्रकाश मल्लले “हे मितज्यू  मलाई मेरो छात, लौरो र टोपी दिनुहोस्” भने छन् ।

पृथ्वीनारायण शाहले भन्नुभए छ, “हे मितज्यू  अहिले होइन अरू–अरू जन्ममा तपाई मेरै वंशजमा दुई पटक जन्मेर राज्य गर्नु हुनेछ । जसरी यो जन्ममा तपाईलाई परिवारले सहयोग गरेनन् अरु जन्ममा पनि त्यस्तै हुनेछ” ।

जयप्रकाश नै रणबहादुर शाह भएर जन्मे र उनले पनि परिवारबाट धोका पाए, सन्तोषले कहिल्यै राज गर्न पाएनन् । उनका भाई शेरबहादुर शाहबाट काटिनुप¥यो । अर्को जन्म श्री ५ वीरेन्द्रवीरविक्रम शाहदेव हुनुहुन्थ्यो । वीरेन्द्र सरकारको न्वारन गर्दा ज्योतिषहरूले ‘र’ बाट नाम आयो सरकारभन्दा राजा महेन्द्र र त्रिभुवन झस∙ हुनुभएको थियो रे । रणबहादुर शाहको जुन नाम, नक्षत्र, राशि थियो, त्यो सबै वीरेन्द्र सरकारसँग मिल्द थियो रे । पूर्वजन्मका धेरै वर्णन शास्त्रहरूमा पाइन्छ, मीराबाई पूर्वजन्मकी गोपिनी भएकाले नै कृष्णको परमभक्त भइन्, अञ्जनादेवी पनि यसकै उदाहरण हुन् । रावण र कुम्भकर्ण, पूर्वजन्मका हिराण्यक्ष र हिरण्यकशिपु थिए ।

बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन ।
तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप ।।
–गीता (४।५)

अर्थात्, “हे अर्जुन  तिम्रा र मेरा धेरै जन्महरू वितिसके तर तिमी संसारिक मोहमा फसेर बसेकाले सत् ज्ञान नष्ट भयो । मलाई मेरो र तिम्रो पूर्वजन्मको बारेमा थाहा छ ।” शाश्वत ज्ञानको लागि असल चिन्तन र शुद्धताको आवश्यकता गर्दछ । नेपाल पुण्यभूमि हो । यहाँ साधना गर्दा फेरि जन्मनुपर्दैन, संसारको पीडाले पोलिनुपर्दैन, अनेक झन्झले गल्नुपर्दैन । पाशुपतक्षेत्रका हरेक विरुवाका रुपमा ऋषिमुनि जन्मन्छन् र मुक्ति हुन्छन् भन्ने विश्वास छ । यहाँका हिमाल, नदी, गुफा र वेसीले मुक्ति दिन्छन् । यही माटोको टीका लगाएर, पानीको स्पर्शनले पवित्र बनेर दुःखको सागर, पापको कुण्ड, पीडाको पोखरीबाट मुक्त बनौँ ।