९ मंसिर २०८१, आईतवार
,
Latest
दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए ! मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालिङमा व्यावसायिक ड्रागनखेती सुरु



अ+ अ-

वालिङ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा ड्रागन खेती थाल्नुभएको हो ।

ढुङ्गानाले ८० रोपनी जमिन भाडामा लिएर सुरुमा चार हजार बिरुवाबाट व्यवसाय थाल्नुभएको हो । यस क्षेत्रकै नयाँ र नौलो व्यवसायको थालनी उहाँले युट्युबको सहायतामा अगाडि बढाउनुभएको हो ।

“युट्युब हेर्दै जाँदा ड्रागन खेतीकाबारेमा देखेपछि यस क्षेत्रमै नयाँ र सम्भावना देखेकाले व्यावसायिकरुपमा थालनी गर्ने सोंच बनाएँ”, उहाँले भन्नुभयो, “सुरुमा जमिन भाडामा लिएर सम्याउने काम सकिएसँगै चार हजार बिरुवा लगाएर सुरुआत गरेको हुँ ।” ८० रोपनी जमिनमा ३० हजार ड्रागनका बिरुवा लगाउने योजना उहाँको छ । तीस हजार बिरुवाका लागि उहाँले १० हजार सिमेन्टका खम्बा निर्माण गर्नुभएको छ भने प्रत्येक खम्बामा तीन/चार वटा बिरुवा लगाउने तयारीमा हुनुहुन्छ ।

सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागनखेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाएको बिरुवा राम्रो हुँदै गएको उहाँले बताउनुभयो ।

“वीरगञ्ज, विराटनगरबाट बेर्ना तथा बीउ ल्याएर लगाएको हुँ”, उहाँले भन्नुभयो, “अहिले राम्रो हुँदै गएकाले अझै बिरुवा थप्दै विस्तार गर्दै जाने तयारीमा छु ।” नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढ्दै गएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने उहाँको धारणा छ ।

एकपटक रोपेपछि वर्षौंसम्म पनि फल दिने भएकाले पनि यो खेती सजिलो र पछिल्लो समय व्यावसायिकरुपमा गरिँदै गएको छ । फल र स्वाद दुवै स्थानीयका लागि नौलो भएकाले पनि उत्पादन गर्नसकेमा उत्पादन भएको ठाउँबाट नै बिक्री हुनसक्ने उहाँ बताउनुहुन्छ ।