५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस्

सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस्
अ+ अ-

काठमाडौँ । साना तथा मझौला व्यापारीहरुले सहकारी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंको न्युरोड क्षेत्रमा व्यापार/व्यवसाय गर्दै आएका उनीहरुले सहकारी क्षेत्रमा आएको संकटका कारण पनि आफूहरुको व्यवसाय फस्टाउन नसकेको प्रतिक्रिया समेत दिएका छन् । व्यापारीहरुले वैदेशिक रोजगारीमा जानेहरुको लर्कोले पनि व्यापार दिनप्रतिदिन घटदै गईरहेको बताएका छन् । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष वैकुण्ठ दाहालले सहकारीको समस्याले होलसेल बजारमा धेरै ठूलो नकारात्मक असर परेको गुनासो गर्नुभयो । उहाँले सो समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला व्यापार, व्यवसायमा लोन प्रवाह गरिदिन पनि सरकारसँग माग गर्नुभयो ।

उपाध्यक्ष दाहालले भन्नुभयो, ‘बजारको अवस्था निराशाजनक छ । यसको मुख्य कारण सहकारीमा आएको समस्या नै हो । यसको कारणले बजारलाई धेरै असर गरेको छ । सहकारीबाट हाम्रो कारोबार भईराखेको थियो । यहाँ ९० प्रतिशत व्यापारीको कारोबार सहकारीबाट छ । तर अहिले सरकारीमा समस्या आएपछि यसले होलसेल बजारलाई धेरै असर गरेको छ । बैकले पनि ठूला व्यापारीहरुलाई मात्रै सहज ढंगले लोन दिने अवस्था छ । तर साना र मझौला व्यापारीहरुलाई भने लोन लिन नै कठिन छ । अन्तिममा आएर डकुमेण्ट पुगेन भनेर पनि लोन नदिने अवस्था छ । म बैंकहरुलाई भन्न चाहन्छु भने–तपाईहरुले ठूला र साना भनेर भेदभाव नगरी लोन प्रवाह गर्नुस् । अर्को कुरा यो सहकारीमा देखिएका समस्या पनि समाधान गर्नुस् । बैक तथा सहकारीले व्यवसायीलाई लगानी गरिदियो भने व्यापार गर्न सजिलो हुन्छ । सबैलाई उठन सजिलो हुन्छ । व्यवसायीको अभिभावक भनेको सरकार हो । ऊ चनाखो भईदिनु पर्दछ । दुःखमा, पीडामा, मर्कामा परेका व्यवसायीलाई सरकारले हेरिदियो भने मात्रै उनीहरुले केही गर्न सक्छन् ।’

पुस्तक व्यापारीहरु पनि युवा पुस्ता प्लस टु सकिएपछि विदेशिने क्रम बढेकाले व्यापार ठप्प भएको बताउँछन् । खाँडादेवी सेकेण्ड हेण्ड बुक सपका सञ्चालक आशिष खत्रीले गत वर्षको तुलनामा यस वर्ष पुस्तकको व्यापार ५० प्रतिशत भन्दा बढी घटेको बताउनु भयो । पढ्ने उमेरका युवाहरु विदेश जाने भएपछि व्यापार घट्ने कुरा स्वभाविकै हुने उहाँको बुझाई थियो ।

खत्रीले भन्नुभयो, ‘अहिले धेरैजसो युवाहरु प्लस टु सकिएपछि बाहिर जाने होड चलेको छ । अहिलेसम्म भन्ने हो भने हाम्रो स्कुल लेवल र कलेजको ११, १२ सम्म त ठिकठिकै जस्तो छ । तापनि सन्तोषजनक छैन । अब ब्याचलरको भन्ने हो भने जिरो नै छ । नयाँ वा पुरानो जुन पुस्तक पनि ४÷५ सेट भन्दा बढी विक्री हुने अवस्था छैन । पुरानो पुस्तक पनि ५० प्रतिशत भन्दा कम व्यापार हुने गरेको छ पहिलाको तुलनामा । अब अहिलेको व्यापार निराशाजनक छ भन्नुपर्छ ।’

जुत्ताको व्यापार गर्दै आएका व्यवसायीहरुले पनि जुत्ता लगाउने जनशक्ति बाहिर गएकाले आफूहरुको व्यापार नभएको बताएका छन् । जुत्ता लगाउने युवा उमेरका मानिसहरु विदेशमा रोजगारीका लागि जाने क्रम बढेकाले जुत्ताको व्यापार विगतको भन्दा २५ प्रतिशत पनि हुन नसकेको दावा सुज एण्ड फेसन सेन्टरका संचालक छावाछिरिङ लामाको अनुभव छ । उहाँले बजारमा ग्राहकको नै अभाव देखिएको पनि बताउनु भयो ।

लामाले भन्नुभयो, ‘अहिले ग्राहकको फ्लो धेरै कम छ । महाबौद्धको पसलमा हामी यसरी खाली हात बस्ने त होइन नि । पहिला पहिला यतिखेर बजार प्याक हुन्थ्यो । कस्टम्बरसँग बोल्नका लागि फुर्सद नै हुदैन्थ्यो । अहिले त रिटेल भन्दा पनि होलसेल बजारको अवस्था नाजुक भईसक्यो । नेपालमा अव जुत्ता लगाउने मान्छेनै छैनन । सबै बाहिर कुद्ने बाहेक अरु कोही छैन । अहिले नेपालमा २५ प्रतिशत पनि जुत्ता लगाउने छ कि छैन भन्ने अवस्था छ ।’

भूकम्प र कोभिड महामारीपछि आफूहरुको व्यापार खस्कँदै गएको नमूना फेसन कलेक्शनका नवराज गौतमले बताउनु भयो । उहाँले सहकारीको वचत रकम फिर्ता नहुँदा पनि व्यवसाय चलाउन कठिन भएको बताउनु भयो । गौतमले भन्नुभयो, ‘पहिलाको जस्तो चहलपहल छैन, बजार सुनसान छ । मन्दीका कारण यस्तो भयो भन्छन । भूकम्प, कोभिडपछिबाट नै यस्तै छ । गत वर्षको भन्दा यस वर्षको व्यापार आधी पनि छैन । धेरै कम छ । मन्दी छ । फाईनान्समा डिपोजिट गरिएको पैसा दिएको छैन पनि भन्छन । त्यसैले पैसा हुँदैन । समस्या छ ।’

व्यापारीहरुकाअनुसार देश भित्रै रोजगारी अभिवृद्धि गर्ने र सहकारीलगायतका वित्तीय संस्थाहरुलाई व्यवसायमैत्री बनाउन सकेमात्रै मुलुकमा व्यापार व्यवसाय फस्टाउने भएकाले यस काममा सरकारले विशेष ध्यान दिनुपर्दछ । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष दाहालले बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै लोन दिने भएकाले पनि आफूहरु मारमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकारले आफूहरुको संरक्षण हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।